बझाङको मतगणना : एमालेका भण्डारीको सुरुवाती अग्रता, पछ्याउँदै कांग्रेसका अभिषेक

काठमाडौं । शनिबार सम्पन्न भएकोे बझाङ प्रतिनिधिसभा १ को प्रदेश सभा १ तर्फ उपचुनाव अन्तर्गत नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

४०३ मत गणना हुँदा एमालेका दमनबहादुर भण्डारीले १५७ मत ल्याएका छन् । यस्तै, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १३१ मत ल्याएका छन् ।

नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१ मत ल्याउँदा माओवादीका जनकबहादुर बुढा ४७ मतका साथ पछ्याइरहेका छन् । अहिले छबिसपाथीभेरा गाउँपालिकाको मतगणना जारी छ ।

प्रतिक्रिया