पर्सा । पर्साको धोबिनी गाउँपालिकामा नयाँ निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्जय यादवसँग परिचयात्मक तथा स्वागत कार्यक्रम गरिएको छ ।
यस गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतमा हाजिर भएर कार्यभार सम्हाल्दै आएका यादवसँग एक समहारोहमा जनप्रतिनिधि र कर्मचारीहरुबीच परिचयात्मक तथा तथा स्वागत कार्यक्रम गरिएको हो ।
गाउँपालिकाको सभा हलमा भएको परिचयात्मक तथा स्वागत कार्यालयमा अध्यक्ष मदन प्रसाद चौहान, उपाध्यक्ष मञ्जु देवी पटेल लगायत जनप्रतिनिधि र कर्मचारीहरुले फूूलमाला र अबिरले स्वागत गरेका थिए । परिचयात्मक तथा स्वागत कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारीलगायतको उपस्थिती रहेको थियो
।
निमित प्रमुख प्रशासकीय अधिकृत यादव बिगत ७ वर्षदेखि गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुखको पदमा कार्यरत थिए । हाल आजबाट निमित्त प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गर्दै गाउँपालिकाको कार्यभार समाहल्दै गाउँपालिकाको काम कारवाही नियमगत अगाडि बढ्ने तथा विकासले गति पाउँनेमा आफू विश्वस्त रहेको बताए ।
यस गाउँपालिकाको अवस्था आफूले राम्रोसँग अँगालेको र यसमा धेरै नै समस्या देखेको भन्दै उनले अब पहिलाको जस्तो नहुने बताए । जनप्रतिनिधिहरु र कर्मचारीहरुको साथ र सहयोग पाएपछि गाउँपालिकाको विकास र जनताहरुको कामकाज सहज र छिटोछरितो हुने उनले बताए ।
स्वागत कार्यक्रममा गाउँपालिकाका अध्यक्ष चौहानले आफूूलाई जनताहरुले जिताएर जनप्रतिनिधि बनाएको भन्दै जनताहरुका माग विकासका काम गर्ने बताए । चुनावका बेला जनताहरुलाई दिएको वाचा पूरा गर्न आफूू लागिपरेको समेत उनले बताए । धोबिनी गाउँपालिकाको विकासका लागि आफू जनप्रतिनिधि र कर्मचारीहरु एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उनले नयाँ प्रमुख प्रसाशकिय अधिकृत यादवलाई गाउँपालिकामा राम्रो काम गर्न सुझावसहित बधाई दिए । कार्यक्रममा वडाध्यक्ष अबास मियाँ चुरिहार, बन्धु साह तेली, मनाउर मियाँ, किशोर पटेल, नेपाली कांग्रेसका नेता श्यामकिशोर पटेल, कार्यपालिका दिनेश प्रसाद कलवार, सदस्य मदन सहनी, कमल ठाकुर, र गाउँपालिकाको कर्मचारी पप्पु पटेल, प्रदिप पटेल, केशराज प्रसाद कुर्मी, रबिभुसन पटेल, अजय साहलगायत महिला सदस्य, गाउँपालिका सदस्य, कर्मचारीलगायतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन शिक्षा प्रमुख बृजकिशोर त्रिपाठीले गरेका थिए।
पर्सा
प्रतिक्रिया