समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले बैशाख १६ गते आर्सिया डेन्टलसँग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले मिति २०८१ वैशाख १७ देखि समृद्धि मोबाइल बैकिङ, डेविड कार्ड तथा चिप्स प्रयोग गरि उक्त डेन्टलमा उपचार गरेको भुक्तानी गर्दा २० प्रतित छुट पाउने छन् ।

यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समझदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ र आर्सिया डेन्टलका तर्फबाट संस्थापक आर्सिया बानुले हस्ताक्षर गरिन ।

प्रतिक्रिया