बझाङमा पनि मतगणना सुरु

काठमाडौं । बझाङ प्रदेश सभा (१) मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । छविसपाथिभेरा गाउँपालिका-१ र २ बाट गणना थालिएको हो ।

शनिबार सम्पन्न उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो । यहाँ प्रदेश सभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा छन् ।

प्रतिक्रिया