बिवाइडीको न्यु इनर्जी भेइकल

काठमाडौं । बिवाइडीले ७० लाखौँ न्यु इनर्जी भेइकल डेन्जा एन ७ सार्वजनिक गरी लक्ष्य हासिल गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीको चीनस्थित जिनान फ्याक्ट्रीमा उत्पादित डेन्जा एन ७ सार्वजनिक गरेर बिवाइडीले ब्रान्डको लागि सो ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।
बिवाइडी अटोमोटिभ उद्योगमा सन् २००३ मा प्रवेश गरेको थियो । पहिलो न्यु इनर्जी भेइकल २००८ मा बिक्री गरेको थियो । अहिले भने यसले दर्जनौँ मोडल बिक्री गर्दै आएको छ । बिवाइडीले सन् २०२१ को मे महिनामा १० लाख सवारी साधन उत्पादन गरेको थियो भने त्यसपछिको १८ महिनामै तीन गुणा पु¥याएको थियो । त्यसपछिको नौ महिनामा ५० लाख र फेरि सात महिनामै ७० लाख उत्पादन पु¥याउन सफल भएको हो ।

सन् २०२३ मा बिवाइडीको वार्षिक बिक्री ३० लाख २० हजार युनिटभन्दा बढी पुगेर न्यु इनर्जी भेइकलको बजारमा ग्लोबल लिडर नै बन्न सफल भएको छ । विभिन्न ब्रान्ड पोर्टफोलियो अन्तर्गतका फरकफरक क्याटागोरीमा उपलब्ध फरक मोडलले यसरी बिक्री बढाउनमा भूमिका खेलेका छन् ।

यसैगरी यही वर्ष अन्तर्राष्ट्रिय बजारमा समेत २ लाख ४० हजार युनिटभन्दा बढी कार निर्यात गरी बिवाइडी न्यु इनर्जी भेइकलअन्तर्गत टप चाइनिज निर्यातकर्ता कम्पनीसमेत बनेको छ । एक वर्षमै यो संख्या ३३७ प्रतिशतले बढेको हो । हाल विश्वका ६४ देश र क्षेत्रमा बिवाइडीका न्यु इनर्जी प्यासेन्जर गाडी बिक्री भइरहेका छन् । तीमध्ये थाइल्यान्ड, ब्राजिल, उज्वेकिस्तान र हंगेरीमा गाडी उत्पादन गर्ने कारखाना छन् । यही वर्षदेखि बिवाइडी युरो कपको समेत अफिसियल पार्टनर बनेर न्यु इनर्जी भेइकललाई वल्र्ड स्टेजमा पु¥याउन सफल भएको छ । बिवाइडीले हाल इलेक्ट्रिक र प्लग इन हाइब्रिड सवारी साधन उत्पादनमा आफ्नो ध्यान केन्द्रित गरिरहेको पनि जनाएको छ ।

प्रतिक्रिया