हिमाल आरोहण र १४ वटा अग्ला हिमाल

विश्वको १४औँ र आठ हजार मिटरको अन्तिम अग्लो हिमाल हो, ‘सिसापाङमा’ । यो हिमालको उचाइ ८ हजार २७ मिटर रहेको छ । यो हिमाल चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमानामा रहेको छ । भूगोलको आधारमा यो हिमाल नेपाली भूमिमा पथ्र्यो भन्ने भनाइ सम्बन्धित विषयका जानकारहरूको रहेको छ । त्यस्तै नेपाली (खस/पर्वते) भाषामा यसको नाम गोसाईंनाथ हो । तर, चीनले आप्mनो देशमा विश्वकै अग्लो हिमाल चोमोलुङमा (सगरमाथा) नपर्ने भएपछि ‘सिसापाङमा’ चीनमा पर्ने गरी राजनीतिक रूप सहमति भएको मानिन्छ ।

निनाम लोवात्ती

अहिले हाम्रो देश नेपालमा वसन्त ऋतु सुरु भइसकेको छ । नेपालमा वसन्त ऋतु भनेको पर्वतारोहणको मुख्य सिजन पनि हो । विगतदेखिकै नेपालको पर्वतारोहणको इतिहास हेर्दा अरू ऋतुभन्दा वसन्त ऋतुमा नेपालमा रहेका हिमालहरू बढी आरोहण गर्ने प्रचलन रहेको देखिन्छ । त्यसमा पनि सगरमाथा (चोमोलुङमा–एभरेस्ट), कञ्चनजंघा (सेवालुङ–सेन्छेलुङ), ल्होत्से (ल्होत्चे), मकालु (सेसेलुङ), धवलागिरि, अन्नपूर्ण–प्रथम आदि हिमाल वसन्त ऋतुमा अन्य हिमाल हेरिकन बढी आरोहण गरेको तथ्य–तथ्यांक रहेको देखिन्छ ।

हुन पनि हाल विश्वमा मान्यता प्राप्त आठ हजार मिटरभन्दा अग्ला हिमाल १४ वटा रहेका छन् । ती १४ वटा हिमालमध्ये आठ वटा (६० प्रतिशत) त हाम्रै देश नेपालमा रहेका छन् । जस्तै हालसम्म जमीनको सतहबाट नाप्दा विश्वकै सबैभन्दा अग्लो हिमाल मानिएको सगरमाथा (चोमोलुङमा–एभरेस्ट), ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर । विश्वै तेस्रो अग्लो हिमाल कञ्चनजंघा (सेवालुङ–सेन्चेलुङ) ८ हजार ५ सय ८६ मिटर । विश्वकै चौथो अग्लो हिमाल ल्होत्से (ल्होत्चे) ८ हजार ५ सय १६ मिटर । विश्वकै पाँचौँ अगलो हिमाल मकालु (सेसेलुङ) ८ हजार ४ सय ६३ मिटर । विश्वकै छैठौँ अग्लो हिमाल चो–ओयु ८ हजार २ सय १ मिटर । विश्वकै सातौँ अग्लो हिमाल धवलागिरि ८ हजार १ सय ६७ मिटर । विश्वकै आठौँ अग्लो हिमाल मनास्लु (प्याङ्गेन पुथाङ) ८ हजार १ सय ६३ मिटर । र, विश्वकै १०औँ अग्लो हिमाल अन्नपूर्ण–प्रथम ८ हजार ९१ मिटर नेपालमा रहेका आठ हजार मिटरभन्दा अग्ला हिमालहरू हुन् ।

यो लेखमा विश्वका अग्ला १४ वटा हिमालाहरू प्हिलोपटक कसले आरोहण गरे, कहिले आरोहण गरे ? साथै ती हिमालहरू कहाँकहाँ छन् ? आदि इत्यादिबारे छोटकरीमा लेख्ने प्रयास गरिएको छ । यसरी हेर्दा विश्वकै अग्ला १४ वटा हिमाल प्रथमपटक आरोहण गर्ने पर्वतारोहीहरू कुन–कुन देशका थिए ? ती १४ वटा अग्ला हिमाल कहाँकहाँ छन् ? तल उल्लेख गरिएको छ ।

विश्वकै अग्लो हिमाल सगरमाथा अर्थात् चोमोलुङमा–एभरेस्ट ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर हो । यो हिमाल सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमन्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक चढेका थिए । त्यस्तै विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु÷काराकोरम–२) हो । यो हिमालको उचाइ ८ हजार ६ सय ११ मिटर हो । यो हिमाल सन् १९५४ को ३१ जुलाइमा इटालियन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए ।

विश्वको तेस्रो अग्लो हिमालचाहिँ कञ्चनजंघा (सेवालुङ÷सेन्छेलुङ) हो । यो नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जिलिङको सीमामा रहेको छ । यसको उचाइ ८ हजार ५ सय ८६ मिटर हो । यो हिमाललाई बेलायतका पर्वतारोहीहरू जर्ज ब्यान्ड र जो ब्राउनले पहिलोपटक चढेका थिए । विश्वको चौथो अग्लो हिमाल ल्होत्से÷चे हो । यसको उचाइ ८ हजार ५ सय १६ मिटर हो । यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्विट्जरल्यान्डका पर्वतारोहीहरू फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलोपटक आरोहण गरेका थिए ।
विश्वको पाँचौँ अग्लो हिमाल मकालु (सेसेलुङ) हो । यसको उचाइ ८ हजार ४ सय ६३ मिटर रहेको छ । जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्सलगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बु लगायतको एक जन्ती टोलीले नै चढेका थिए । त्यस्तै विश्वको छैटौँ अग्लो हिमाल चो–ओयु हो । यसको उचाइ ९ हजार २ सय १ मिटर रहेको छ भने सन् १९५४ अक्टोम्बर १९ मा अस्ट्रियन नागरिकद्वय हर्बर्ट टिची र सेप जेक्लर र नेपाली पासाङ दावा (लामा) शेर्पाले पहिलोपटक आरोहण गरेका थिए ।

त्यस्तै गरेर विश्वको सातौँ अग्लो हिमाल हो, ‘धवलागिरि’ । यसको उचाइ ८ हजार १ सय ६७ मिटर होे । यो हिमाल सन् १९६० को, १३ मे मा स्विट्जरल्यान्डका पर्वतारोहीहरू कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै विश्वको आठौँ अग्लो हिमाल मनास्लु हो । यसको उचाइ ८ हजार १ सय ६३ मिटर हो । मनास्लु हिमालको पहिलो आरोहण सन् १९५६ मे ९ मा जापानका पर्वतारोहीत्रय तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता र नेपाली पर्वतारोही ग्याल्जेन नोर्बुले गरेका थिए ।

विश्वको नवौँ अग्लो हिमाल नांगा पर्वत हो । यो हिमालको उचाइ ८ हजार १ सय २६ मिटर हो । यो हिमाल पाकिस्तानमा रहेको छ । अस्ट्रियन पर्वतारोही हर्मन बुह्लले सन् १९५३, जुलाई ३ मा पहिलोपटक चढेका थिए । विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ हो । यो हिमाल नेपालमा रहेको छ भने यसको उचाइ ८ हजार ९१ मिटर रहेको छ । फ्रान्सका पर्वतारोहीद्वय माउरिस हर्जोग र लुइस लाचेनलले सन् १९५० जुन ३ मा पहिलोपटक सफलतापूर्वक आरोहण गरेका थिए । एवं प्रकारले विश्वको ११औँ अग्लो हिमाल गासेरब्रुम–१ हो । यो हिमाल पाकिस्तान–चीन सीमामा रहेको छ । यसको उचाइ ८ हजार ८१ मिटर रहेको छ भने यो हिमालको आरोहण सन् १९५८ जुलाई ५ मा अमेरिकन पर्वतारोहीद्वय एन्ड्रयु कोउफम्यान र पिट स्कोइन्ङले गरेका थिए ।

विश्वको १२औँ अग्लो हिमाल ब्रोड हो यो हिमाल पाकिस्तानमा रहेको छ भने यसको उचाइ ८ हजार ५१ मिटर हो । यो हिमालको सफल आरोहण सन् १९५७ जुन ९ मा भएको हो । त्यो बेला अस्ट्रियन पर्वतारोहीहरू फ्रिट्ज विन्टरक्टेलजर, मार्कसुक स्मुक, कुर्ट डेइम्बर्ग हर्मन बुलले चढेका थिए । विश्वको १३औँ अग्लो हिमाल गासेरब्रुम–२ हो । यो हिमाल पनि पाकिस्तानमा नै रहेको छ भने, यसको उचाइ ८ हजार ३५ मिटर हो । सन् १९५६ को जुलाई ७ मा जोसेप लार्क, फ्रिट्ज मोर्भल र हान्स विलेन्डपार्टले सफलतापूर्वक चढेका थिए ।

विश्वको १४औँ र आठ हजार मिटरको अन्तिम अग्लो हिमाल हो, ‘सिसापाङमा’ । यो हिमालको उचाइ ८ हजार २७ मिटर रहेको छ । यो हिमाल चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालको सीमानामा रहेको छ । भूगोलको आधारमा यो हिमाल नेपाली भूमिमा पथ्र्यो भन्ने भनाइ सम्बन्धित विषयका जानकारहरूको रहेको छ । त्यस्तै नेपाली (खस÷पर्वते) भाषामा यसको नाम गोसाईंनाथ हो । तर, चीनले आप्mनो देशमा विश्वकै अग्लो हिमाल चोमोलुङमा (सगरमाथा) नपर्ने भएपछि ‘सिसापाङमा’ चीनमा पर्ने गरी राजनीतिक रूपमा सहमति भएको मानिन्छ । यो हिमाल सन् १९६४ मे २ मा १० जना चिनियाँ पर्वतारोहीहरूको टोलीले आरोहण गरेका थिए ।

प्रतिक्रिया