आफन्तलाई जिम्मा लगाइयो प्रहरी सहायक हवल्दार माझीको शव

पाँचथर । हिलिहाङ प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको शव आफन्तलाइ जिम्मा लगाएको छ । मंगलबार कार्यालयमै चट्याङ लागेर मृत्यु भएका प्रहरी सहायक हवल्दार ३५ वर्षीय पाण्डवकुमार माझीको शव आफन्तलाइ जिम्मा लगाएको हो ।

जिल्ला अस्पतालमा पोष्टमार्टमपछि जिल्ला प्रहरी कार्यालयले माझी प्रति श्रद्धाञ्जली दिनको श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । श्रद्धाञ्जली पश्चात मृतक माझीको शव मोरङको ग्रामथान गाउँपालिका–४ घरमा पठाएर परिवारलाई जम्मिा लगाइएको प्रहरी निरिक्षक दिवस कुँवरले जानकारी दिए । पाँचथर प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, ससस्त्र, नेपाली सेनाका प्रमुख प्रतिनिधिले माझीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

चट्याङको झड्का लागेर घाइते भएका उनलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । उनको फिदिमस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया