पालिका कप क्रिकेट : वर्षाको कारण खेल प्रभावित

रौतहट । जिल्लामा जारी रहेको पालिका कप क्रिकेट प्रतियोगितामा आज हुने भनिएको खेल प्रभावित भएको छ । बिहान साढे ९ बजेदेखि शुरू भएको यमुनामाई गाउँपालिका र गढ़ीमाई नगरपालिकाबिचको दोस्रो पारीको खेल हुँदै गरेको अवस्थामा पानी पर्न थालेपछि खेल स्थगित भएको हो ।

वर्षाको कारण दिउँसो १ बजे देखि हुने भनिएको गुजारा नगरपालिका र ईशनाथ नगरपालिकाबिचकाे खेल पनि प्रभावित भएको छ । बिहान गढ़ीमाई नगरपालिकाले पहिले बलिङ गर्दै १८ ओभरमा १० विकेट गुमाएर १३२ रनको स्कोर खडा गरेको थियो ।

जवाफी बलिङ गर्न आएका यमुनामाई गाउँपालिकाले ४ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएर खेल्दै गर्दा पानी पर्न थालेपछि दुवै टीमको खेल विच मै रोकिएको आयोजक रौतहट जिल्ला क्रिकेट संघले जनाएको छ । साढे ११ बजेदेखि शुरू भएको वर्षा बेलुकासम्म जारी नै रहेकोले बिहिबार हुने खेल पनि प्रभावित हुन सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया