‘फूल ओइलिएर’ गीत सार्वजनिक

काठमाडौं । गत शुक्रबारदेखि देशव्यापी प्रदर्शन्मा आएको चलचित्र ‘रंगेली’ मा समावेश ‘फूल ओइलिएर’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक सुशान्तको स्वर तथा संगीत रहेको छ । गीतको शब्द चलचित्रका निर्देशक अर्जुन सुवेदीले शब्द लेखेका हुन् ।

यो चलचित्र बुधबार दिउँसोका सोहरू सन्तोषजनक र साँझका सोहरू हाउसफुल थिए । दर्शकबाट चलचित्र केही लामो भएको प्रतिक्रिया आएपछि २१ मिनेट घटाइएको थियो । अभिनेता दयाहाङ राईलाई एकैप्रकारको चरित्रमा देखिरहेको समयमा यो चलचित्रमा फरक भूमिकामा देखिएका छन् ।

चलचित्रको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको चर्चा भइरहेको निर्माण पक्षले जनाएको छ । यस चलचित्रमा दयाहाङ र मिरुनाका साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतका कलाकारको प्रमुख भूमिका छ ।

प्रतिक्रिया