तानसेन । विभागीय टिम एपीएफ पहिलो संस्करणको लुम्बिनी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । घरेलु टोली लुम्बिनी पनि अन्तिम चारमा प्रवेश गर्न सफल भएको छ । बागमती र कोशी प्रदेश सेमिफाइनल प्रवेश गर्ने अन्य दुई टोली रहे ।
सोमबार सम्पन्न भएका लिग चरणको अन्तिम खेलमा जित हात पार्दै यी चार टिम प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेका हुन् ।
पाल्पाको रामपुरमा जारी प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशलाई २५–७, २५–१ र २५–९ को सोझो सेटमा हराएको हो । सोमवार भएको पहिलो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २१–२५, २५–२०, २९–३१, २५–२२ र ६–१५ को सेटमा हराएको हो । लुम्बिनी प्रदेशले कर्णाली प्रदेशसँगको खेलमा १९–२५, २५–१, २५–१० र २५–१७ को सफलता पायो । कोशी प्रदेशले सुदूरपश्चिमलाई २५–२०, २५–१९ र २५–१४ को सेटमा हराउँदा बागमती प्रदेशले मधेश प्रदेशलाई २५–६, २५–८ र २५–१३ को सेटमा पराजित ग¥यो । सोमबार लिग चरणको खेल सकिएसँगै सेमिफाइनलको समिकरण पुरा भएको छ ।
मंगलबार पहिलो सेमिफाइनलमा एपीएफले कोशी प्रदेश र बागमती प्रदेशले लुम्बिनी प्रदेशसँग खेल्नेछन् ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार, दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र चौथों हुनेले ३५ हजार रुपैयाँ पाउने छन् ।
्पाल्पा जिल्ला भलिबल संघको आयोजना भएको प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन भैरहेको छ । प्रतियोगितालाई लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्ले मुख्य पायोजन गरेको छ ।
प्रतिक्रिया