काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिज क्रिकेटअन्तर्गत फाइनल खेलमा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ ।
आइतबार वर्षाको कारण नामिबिया र नेदरल्याण्ड्सबीचको खेल रद्द भएपछि दुवै टोलीले १–१ अंक बाँड्दै नेदरल्याण्ड्स फाइनलमा पुगेको हो ।
नामिबियासँग अंक बाँडेपछि नेदरल्याण्ड्स ५ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ । दोस्रो भएको नेपालको ४ अंक रहेको छ । आजको खेल वर्षाले रद्दले बराबरीपछि नामिबियाको ३ अंक मात्र भयो ।
त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्याण्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १५ ओभरमा ९८–४ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।
केही समयमा वर्षा रोकिए पछि कभर हटाउन खोजिएको थियो । तर पुन वर्षा भएपछि खेल रद्द भएको हो । अब नेपाल र नेदरल्याण्ड्सबीचको फाइनल खेल मंगलबार हुनेछ ।
पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले हारेको थियो । तर आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रन र नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
प्रतिक्रिया