विश्वकप क्रिकेट लिग– २ : नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमै सबै विकेट गुमाएर १६८ रन मात्रै बनायो ।

नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए । नेपालका कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।

नामिबियाका बर्नार्ड स्कोल्जले ४ र निकोल लोफ्टि–इटनले ३, ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एकरएक विकेट लिए । अब केही बेरमा नामिबिया जवाफी ब्याटिङको लागि मैदानमा उत्रनेछ ।

प्रतिक्रिया