काठमाडौं । एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत आज भएको तेस्रो तथा अन्तिम खेलमा क्यानडाले नेपाललाई जितको लागि २३३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङकाे निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २३२ रन बनाएको हो ।
क्यानडाका लागि नवनित धनिवालले ५० रन बनाए । यस्तै निखिल दत्तले ४५, कप्तान साद विन जाफरले अविजित ३१, हर्ष ठाकेरले २९, श्रीयास मोभाले २५ र श्रीमान्थ विजयरत्नेले २२ रन बनाए ।
बलिङमा नेपालका हेमन्त धामीले तीन विकेट लिए । कुशल मल्ले दुई तथा ललित राजवंशी र आकाश चन्दले समान एक–एक विकेट लिए ।
नेपाले तीन खेलको सिरिज एक खेल अगावै जितिसकेको छ । पहिलो खेल सात रन र दोस्रो खेल चार विकेटले जितेको नेपाल सिरिजमा २–० ले अगाडि छ । नेपाल आज क्यानडाविरुद्ध तेस्रो जित निकाल्दै सिरिजमा ‘क्लिन स्विप’ गर्ने लक्ष्यमा छ । अब केही बेरपछि नेपाल क्यानडाविरुद्ध जवाफी ब्याटिङमा उत्रने छ ।
प्रतिक्रिया