युवाको सरोकार : उत्पादन र रोजगार

कुनै युवाले नयाँ व्यवसाय सुरु गर्छु भनेर आयो भने नीति नियम ऐन, कानुन कार्यविधि विभिन्न तहको सिफारिस र झन्झटको सामना गर्नुपर्छ । कम्पनी दर्तादेखि व्यवसाय सुरु गर्दासम्म थुप्रै खालका कानुनी र व्यावहारिक झमेलाका कारण बीचमै युवाहरूले काम नै अगाडि नबढाएको ब्यवसायी कामसमेत छोडी हिँडेका केही उदाहरणसमेत पाउन सकिन्छ । अर्काेतर्फ स्वदेशमै ब्यवसाय गर्छु भनी कुनै युवा तयार भएमा थोरै पैसाको जोहो गरिदिन आनाकानी गर्ने समाज, परिवार र अभिभावकहरूले समेतले विदेश जान्छुभन्दा जति पनि पैसा खोज्न तयार भएका कैयौँ उदारणहरू छन् ।
हृदय भुसाल

युवाहरूका लागि अवसर र रोजगारी अहिले निकै बहसका विषय हुन् । नेपालजस्तो देशमा त झन् अवसर र रोजगारीको बहसको विषय सडकदेखि सरकारसम्म हुने गर्छ । युवा बेरोजगारी आजको नेपालको मुख्य समस्या हो । देशमा रोजगारीको अभावमा लाखाँै युवाहरू कि त बेरोजगार रहन बाध्य छन कि त श्रमका लागि बिदेसिन बाध्य छन् । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै स्वदेशमै रोजगारीका नयाँ सम्भावनाहरू खोजी गर्नु सहज पक्कै छैन ।

मुलुकको दुईतिहाइ जनसंख्या कृषिमा आश्रित श्रमशक्ति अझै पनि निर्वाहमुखी नै छ । राज्यले लगानी गर्ने वातावरण र प्रतिफलको सुनिश्चितता गर्न सकेको छैन । जसले गर्दा वैदेशिक लगानी भित्रिन सकिरहेको छैन । पहिले स्थापना भएका उद्योग, कलकारखानाहरू बन्द हुँदै गएका छन् । नयाँ उद्योगधन्दा स्थापना हुने संकेत देखिएको छैन मुलुकभित्र रोजगारी प्रवद्र्धन, आर्थिक विकास, अवसर र रोजगारी अहिलेका बहसका विषय हुन् ।
विकास, उद्यमशीलता युवा रोजगारीका लागि क्रियाशील रहेको सरकारी तथा गैरसरकारी विभिन्न संघसंस्था कार्यालयहरू पनि परिणाममुखी नतिजा दिन सकेका छैनन् । साथै तालिमप्रदायक सबै संस्थाहरूलाई आवद्ध गरी सीपमूलक तालिम सञ्चालन पनि गर्न सकेका छैनन् । युवा लक्षित कार्यक्रमहरूलाई एकीकृत युवा उद्यम तथा स्वरोजगारजस्ता युवाहरूका लागि मन्त्रालय परिषद्बाट समेत ठोस बजेट तथा कार्यक्रमहरू भएको पाइँदैन ।

मुलुकमा लगाानी मैत्री वातावरण नहुनाले युवाहरूका लागि रोजगारीका विभिन्न खालका अवसरहरू न्यून हँुदै गएका छन्् । युवा बेरोजगारी झन् दिनानुदिन बढ्ेको छ । शिक्षित युवा बेरोजगारी बढ्नु, मुलुकमा पर्याप्त रोजगारीका अवसरहरू सिर्जना हुन नसक्नु, सीप विकास र रोजागरबीच तालमेल नहुनु र देश विकासमा आवश्यक पर्ने श्रमशक्ति बाहिरिनु अहिलेको निकै नै चुनौतीपूर्ण समस्याको रूपमा रहेको छ । जसले गर्दा आज विकास निर्माणका काममा श्रमिक मजदुरहरू अभाव हुन थालेको छ । नेपालमा श्रम संस्कृतिको अभाव छ । श्रमिकको उचित श्रमको मूल्य छैन । श्रमको सम्मान छैन । बजारमा माग र आपूर्तिबीच सामञ्जस्य छैन ।

युवासँग सम्बन्धित विभिन्न तथ्यांकीय आधारहरू कम छन् । युवा रोजगारी र विकासका लागि ठोस नीति कार्यक्रम र बजेटको अभाव छ । भएको बजेट तथा कार्यक्रमको प्रभावकारी र उपलब्धीमूलक कार्यान्वयनमा चुनौती छ । रोजगारी ब्यवसाय र अध्ययनका लागि विदेशमा रहँदा सिकेको ज्ञान, सीप, अनुभव र पुँजीलाई उपयोग गरी केही युवाहरूले आफ्नै प्रयासमा केही बिजनेस सुरु गरेका छन् । पछिल्लो समय नेपालमा बिदेशबाट फर्केर आएका केही युवाहरूले युवा उद्यमशीलताकोे उदाहरणीय कामहरू पनि गरेको पाइन्छ ।

धेरै युवा उद्यमीहरूको पनि सरकारसँग आफ्नै दुःखेसो छ । उत्पादित सामग्रीहरूको बजारीकरणमा बिचौलियाको बिगबिगी छ । बजारमा मूल्य समायोजन नहुँदा कृषि उपजले राम्रो बजार पाउन सकेको छैन । आफूले सञ्चालन गरेको परियोजनाको बिमा नहुँदा युवाहरूको लगानी जोखिममा छ । कोभिड माहामारीले सबै किसिमका उद्योग कलकारखाना ब्यवसाय प्रायः धराशायीजस्तो बनेका छन् । यस्तो अवस्थामा सरकारले उद्योगी व्यवसायलाई सहयोग गरी मनोबल उच्च राख्न सकेको छैन । महामारीको समयमा साना तथा मझौला व्यवसायहरू निकै नै मारमा परेका छन् । अहिले पनि राज्यसँग ठोस खालको तथ्यांक प्रणाली नहुँदा कुन क्षेत्रमा कति नोक्सान भयो यकिन गर्न सकिएको छैन । राज्यले कसरी सहयोग गर्ने के गर्ने एकीन छैन ।

कुनै युवाले नयाँ व्यवसाय सुरु गर्छु भनेर आयो भने नीति नियम ऐन, कानुन कार्यविधि विभिन्न तहको सिफारिस र झन्झटको सामना गर्नुपर्छ । कम्पनी दर्तादेखि व्यवसाय सुरु गर्दासम्म थुप्रै खालका कानुनी र व्यावहारिक झमेलाका कारण बीचमै युवाहरूले काम नै अगाडि नबढाएको ब्यवसायी कामसमेत छोडी हिँडेका केही उदाहरणसमेत पाउन सकिन्छ । अर्काेतर्फ स्वदेशमै ब्यवसाय गर्छु भनी कुनै युवा तयार भएमा थोरै पैसाको जोहो गरिदिन आनाकानी गर्ने समाज, परिवार र अभिभावकहरूले समेतले विदेश जान्छुभन्दा जति पनि पैसा खोज्न तयार भएका कैयौँ उदारणहरू छन् । यो सबै कारण लगानी गर्ने बातावरण नहुनु र लगानीको प्रतिफलमा सुनिश्चितता नभएका कारणले भएको हो । अहिले रेमिट्यान्स राज्यको अर्थतन्त्रको प्रमुख मेरुदण्ड भएको छ ।

तत्काललाई हेर्दा यो अवस्था सामान्यजस्तो लागे पनि कालान्तरमा भने यसको निकै ठुलो समस्या देखिनेमा कुनै शंका छैन । देशको कुल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवा आफ्नो ऊर्जाशील समय विदेशी भूमिमा श्रम र पसिना बगाएर बिताउँदै छन् । आज नेपाली युवाहरू कतार, दुबई र मलेसियालाई श्रम र सीपमार्फत विकास र समृद्धिका लागि महत्वपूर्ण शक्ति बनेका छन् । संसारका विकसित देशहरूको इतिहासलाई हेर्ने हो भने युवाहरूको श्रम र पसिनाबाट नै ती देशहरूले समृद्धि हासिल गरेका छन् । यता हामी भने युवाहरूलाई मुलुक बाहिर पठाएर समृद्धिका थोत्रा भाषण गरिरहेका छौँ ।

धेरै देशहरूले युवा जनशक्तिलाई स्वदेशमै विकास निर्माण र उत्पादनकका काममा परिचालन गरे भने हामी नेपालीहरू वैदेशिक रोजगारीलाई समृद्धि ठानी हिँडिरहेका छौँ । युवाहरूको श्रम, सीप सिर्जनात्मक उपयोग गरेर नै देश समृद्ध बन्न सक्नेमा कसैको पनि दुई मत छैन । नेपालको कुल जनसंख्यामा श्रमयोग्य युवाहरूको हिस्सा पनि राम्र्रो नै देखिन्छ । विज्ञहरू युवाहरूको यो संख्यालाई जनसांख्यिक लाभांश समुन्नत र समृद्ध नेपालको आधार बन्ने उच्च सम्भावना हुँदाहँुदै पनि युवा जनशक्तिको सिर्जनात्मक उपयोग देशले गर्न सकेको छैन भन्ने गरेका छन् ।
विभिन्न मानसिक तनाव र सीमित सम्भावनाका कारण उत्पादनशील उमेरका युवाहरू अनिश्चित जीवन बाँच्नसमेत अभिशप्त भइरहेको तीतो यथार्थ उदाहरणसहित हाम्रो आँखाले नै देखिरहेका छौँ ।

समग्र युवाका विविध आयामहरूलाई समेटेर विश्व युवा विकास सूचकांक प्रकाशन गर्ने गरेको छ । युवा विकास सूचकांक गणना गर्दा युवाहरूको स्वास्थ्य तथा कल्याणको अवस्था शिक्षा, रोजगारी र अवसर समानता र समावेशिता राजनीति र नागरिक सहभागिता शान्ति तथा सुरक्षाजस्ता विषयलाई आधार बनाइएको हुन्छ । देशमा विभिन्न राजनीतिक परिवर्तनका बाबजुद पनि नेपाली युवाको अवस्थामा खासै सुधार हुन सकेको छैन । दैनिकजस्तो झण्डै १५ सय युवाहरू रोजगारी अर्थात कामको खोजीमा बिदेसिन बाध्य छन् । भने अर्कोतर्फ असुरक्षित श्रमका कारण बर्सेनि हजारौँ युवाले ज्यान गुमाउनुपरेको अवस्था छ । देशमा रोजगारीका सीमित अवसर छन् ।

श्रमका लागि बिदेसिने युवाहरूले आवश्यक सीप तथा तालिमको व्यवस्था हुने सकेको छैन । जसले गर्दा अदक्ष कामदारका रूपमा बिदेसिन बाध्य युवाहरूको पारिश्रममिक पनि न्यून हुनुका साथै जोखिमयुक्त श्रम गर्नुपर्ने बाध्यता पनि रहेको देखिन्छ । लाखौँ युवाहरू श्रमका लागि बिदेसिएका छन् भने अध्ययनका लागि पनि बिदेसिएका युवाहरूको संख्या पनि उत्तिकै उच्च छ । त्यसो त यसरी बिदेसिने युवाबाट प्राप्त विप्रेषणले अर्थतन्त्रलाई वर्तमानमा ठूलो टेवा पु¥याए पनि दिगो रूपमा भने हुन सक्दैन ।

त्यसैले यी युवा शक्तिलाई देशमा नै श्रम गर्न सक्ने वातावरण निमार्ण गर्नुपर्ने आजको प्रमुख आवश्यकता हो । गुणस्तरीय समयसापेक्ष र रोजगारमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिको पहुँचबाट टाढा गन्तव्य विहीनता बेरोगारी र अर्धबेरोजगारी, युवा पलायन राजनीतिक अस्थिरता, युवाको कमजोर स्वास्थ्य, पोषण र मनोबल युवामैत्री लगानी तथा उद्योग कलकारखाना सञ्चालनको अभाव, लैंगिक क्षेत्रिय विवेध र बहिष्करण, विश्वव्यापीकरण तथा उदारीकरणको प्रभावले ल्याएका चुनौतीहरू रहेका छन् । यसमा राज्यको मात्र दोष छैन हामी सबैको थोरै धेरै दोष छ ।
हाम्रो सामाजिक सोच र संरचनाको पनि दोष छ । अमेरिका युरोपलगायत विकसित देशमा रहँदा सामाजिक हैसियत बढ्ने तर स्वदेशमै केही रोजगारी व्यवसाय गर्छुभन्दा घरपरिवार, समाज र सरकारबाटसमेत राम्रो सहयोग नुहँदा युवा पलायन हुन बाध्य छन् । राजनीतिक दलका घोषणापत्र एवं नीति तथा कार्यक्रममा युवाका विषयहरू धेरै नै समावेश छन् । सरकारको तिनै तहमा युवाहरूको प्रतिनिधित्व र पहुँच सुनिश्चित गर्नुपर्ने धेरै कुरा र केही कानुनहरू बने पनि अहिलेसम्म पनि कागजमा मात्र सीमित रहेका छन् ।

आज दुनियाँले विश्वव्यापीकरण र सूचना प्रविधिको विकासबाट विभिन्न अवसर प्राप्त गरेका छन् । नेपालमा पनि क्षमता र प्रतिभा युवा नभएको होइन । नेपालबाट विश्व मञ्चहरूमा नेपाली युवाहरूले राम्रो खालको प्रतिभाहरू समेत प्रस्तुत गरेका छन् । जसले सबै नेपाली युवाहरूको शिर उँचो पार्ने गरी काम गर्ने प्रतिभा र युवाहरू छन् ती युवाहरूको क्षमता र प्रतिभालाई देश बिकासमा लगाउन जरुरी छ । यो हाम्रो लागि निकै दुर्गाग्यको कुरा हो सरकारले यसमा विशेष ध्यान दिन जरुरी छ ।

यसरी हेर्दा नेपाली युवाहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा राम्रो पहिचान बनाएका छन् । विदेशमा सिकेको ज्ञान, सीप, अनुभव र पुँजीलाई उपयोग गरी युवाहरूले अब व्यापक रूपमा आर्थिक विकास र युवा रोजगारीका लागि सरकारलाई सहयोग गर्नुपर्ने समय आएको छ । देशका विकासका विभिन्न आयामहरूमा विकासको गतिमा अगाडि बढ्नुले केही अवसरहरू पनि नभएका हौइनन् र भूमण्डलीकरणले साँघुरो बनाएको विश्वमा देशभित्रबाट विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण पनि बनाएको छ । नेपालको सन्दर्भमा युवा विकासका लागि संवैधानिक व्यवस्था हुनु युवाहरूको समग्र विकासका लागि युवा तथा साना व्यवसायी स्वरोजगार कोष, राष्ट्रिय युवा परिषद् लगायतका विभिन्न संरचनात्मक प्रबन्ध हुनु पनि युवाका लागि अवसर हुन् ।

यी अवसरहरूलाई अझ बिस्तार गर्दे युवाहरूको क्षमतालाई देशभित्र उपयोग गर्नसके देशको आर्थिक विकास र समृद्धिले गति लिनेमा विश्वस्त हुन सकिन्छ । अब सरकारले उत्पादन केन्द्रित नीति बजेट र कार्यक्रमहरूलाई अगाडि बढाउनुपर्छ । भौतिक पूर्वाधारको विकाससँगै आर्थिक विकास र उत्पादनका कार्यक्रम सरकारले अगाडि बढाउन नसेके अझ धेरै युवाहरू विदेश पलायन र देश नै थप आर्थिक संकटमा पस्ने निश्चित नै छ । अझै पनि आमजनतालाई राज्यले आधारभूत आवश्यकताहरू गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षालाई ग्यारेन्टी गर्न सकेको छैन । नारा र सवालहरू जति नै आकर्षक भए पनि व्यवहारमा कमै लागू हुने गरेको पाइन्छ । आमनेपाली जनता अहिलेको अवस्थामा समग्र राजनीति र व्यवस्थाप्रति नै धेरै युवाहरूको बढ्दो असन्तुष्टि देखिन्छ ।

युवा लक्षित बजेट, सीप विकास र रोजगारीजस्ता कार्यक्रमहरू अझै पनि कम नै देखिन्छ । आर्थिक संकटमा देश गुज्रिरहेको अवस्थामा युवाहरूलाई आर्थिक विकाससहित रोजगारीलाई जोड्न सकिएन भने भविष्यमा थप समस्या जटिल हुनेमा कसैलाई पनि दुई मत नहोला ।

पुँजी र प्रविधिका साथसाथै युवाशक्तिलाई समयको गतिसँगै परिचालन गर्नसकेमा देश विकासले गति लिन सक्छ । यसका लागि सरकारले युवामैत्री उद्यमशीलताको वातावरण सिर्जना गर्नुपर्छ । त्यसैगरी युवा रोजगारीका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना र कार्यक्रम तय गरिनुपर्छ । युवालाई सिर्जनशील बनाउन देशभित्र अवसरको सिर्जना गर्नुपर्छ । युवाहरूलाई देशबाहिर राखेर समृद्धिको कुरा गर्नु दिवास्वप्न हो ।
जबसम्म विकासको मूल प्रवाहमा युवाहरूलाई प्रत्यक्ष सहभागी गराउन सकिँदैन तबसम्म मुलक समृद्धिको दिशामा अगाडि बढ्न सक्दैन । पछिल्लो समय युवाहरू मात्र होइन सिंगो समाज नै चौतर्फी रूपमा असन्तुष्ट बन्दै गएको छ । समाजका सबै क्षेत्रहरूमा प्रश्नै प्रश्नहरू छन् ।

एकआपसमा कुनै पनि क्षेत्रमा विश्वासको वातावरण कमजोर हुँदै गएकोे छ । आमजनतामा समेत राज्यले गरेका कामप्रति सन्तुष्टि छैन । आफ्नो देश र जनताको भन्दा विदेश र विदेशी भूमिको व्याख्या र कथनहरू अहिले जताततै सुन्न सकिन्छ ।
युवा भन्नु नै फरकपन हो । सोच, उमेर, काम, नयाँ दृष्टिकोण सबै हिसाबले देश र समाजले युवासँग ठूलो अपेक्षा राखेको हुन्छ । विकास र समृद्धिका प्रमुख सारथी र आधार हुन् भन्ने कुरामा अब केही फरक मत छैन । तर, अब युवाहरू राजनीति र अन्य विकासमा भन्दा पनि आफ्नो जीविका रोजगारी र आर्थिक विकासका लागि मात्र ध्यान दिएको पाइन्छ तसर्थ अब युवाको सरोकार आर्थिक विकास र रोजगारी नै हो ।

यसर्थ यसका लागि राज्यले समयमै युवा केन्द्रित विशेष कार्यक्रमहरू अगाडि बढार्ई आर्थिक विकास, रोजगारी सिर्जना गरी देशप्रति आमनागरिकमा देखिएको वितृष्णालाई अन्त्य गरी सरकारले अब कामबाट सबै नेपाली जनता युवाहरूलाई ऊर्र्जा र जवाफ दिन जरुरी छ ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया