चन्द्रनिगाहपुरकाे साथी सहकारीको ९औं साधारणसभा सम्पन्न

रौतहट । रौतहटको चन्द्रपुर नगगरपालिका वडा नं ६ चन्द्रनिगाहपुरस्थित साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ । शनिबार भएको सभाले आर्थिक वर्ष २०८०र०८१ असार मसान्तसम्मको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।

‘दिगो विकासका लागि बचत गर्ने बानी बसालौँ’ भविष्यका लागि ढुक्क होऔं भन्ने नारा साथ सहकारी सञ्चालनमा आएको संस्थाका अध्यक्ष मोहनलाल साहले जानकारी दिए । कार्यक्रममा सो संस्थाका कोषाध्यक्ष नरेन्द्र प्रसाद साहले गत आर्थिक वर्ष २०७९/०८० को आय व्यय प्रस्तुत गरेका थिए, भने अध्यक्ष मोहनलाल शाहले संस्थाकाे भावी कार्ययोजना तथा नीति नियमबारे जानकारी गराए । साथै उनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समाजको आर्थिक, सामाजिक र साँस्कृतिक विकासका लागि सो सहकारी संस्था सदैव क्रियाशील रहने प्रतिबद्धता जनाए ।

उनले आगामी आर्थिक वर्षदेखि बचत तथा ऋण कारोबारका आधारमा मात्र शेयर बिक्री गरिने जानकारी दिए । अध्यक्ष साहले नियमित बचत र ऋण साँवा ब्याज समयमा बुझाउन अनुरोध गर्दै इमानदारीताका साथ काम गर्न र सहयोग गर्न सम्बन्धित सबैमा आग्रह गरेका छन् । साधारण सभामा उत्कृष्ट ऋणी एवं बचतकर्ता र सेयर सदस्यहरु मध्ये सबै भन्दा बढी बचत तथा शेयर गर्ने एकजना बचतकर्तालाई फुलमाला तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि चन्द्रपुर नगरपालिका सहकारी शाखाका प्रमुखशेख नसरे आलमले सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गर्दै नेपाल सरकारले लागु गरेको सहकारी नियमानुसार भन्दा बढि व्याज नलिन आग्रह गरे । सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुँदा सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोबार गर्नुपर्ने उनले बताए । संस्थाले आफ्ना सदस्यहरुलाई गोष्ठी र सेमिनारमार्फत सहकारी शिक्षा दिन सञ्चालकलाई आग्रह गरे ।

कार्यक्रमको सभाध्यक्षता सो संस्थाका अध्यक्ष मोहनलाल शाहले गरेका थिए, भने सो कार्यक्रमको प्रमुख अथितिमा चन्द्रपुर नगरपालिका सहकारी शाखाका प्रमुख शेख नसरे आलम, अतिथिमा संकल्प बचतका अध्यक्ष विभू पोखरेल, नव विकासका कार्यकारी सचिव राजु तिवारी, एकिकृत बचत तथा सहकारीका कृष्ण खडका, भुपु अध्यक्षहरु भुपेन्द्रकुमार खड्का, भरत अधिकारी तथा जीवन विज्ञान योग ध्यान केन्द्र चन्द्रपुरका प्रशिक्षकहरू मुन्ना शर्मा अधिकारी, राम ईश्वर शाह, राम नरेश शाहलगायतका शेयर सदस्यहरु तथा ऋणी सदस्यहरूको समेत उपस्थिति थियो ।

प्रतिक्रिया