बारा । जिल्लाको जीतपुरसिमरा–२ मा रहेको जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधरणसभा सम्पन्न भएको छ । सहकारी विभागले जारी गरेको निर्देशिका वमोजिम सधारणसभा सम्पन्न गरिएका्े सहकारी संस्थाले जनाएको छ ।
जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कमला घिमिरेको अध्यक्षता तथा जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरप्रमुख पौडेलले सहकारीहरु नयाँ तरिकबाट अगाडी बढाउनु पर्नेमा जोड दिए ।
उनले सहकारीका सदस्यहरुलाई उत्पादनमूलक र उद्यामशील बनाउनु सकेमात्र सहकारीका सदस्यहरु जीवन यापनमा सहज पुग्ने बताए । सहकारीले सहकारीको सदस्यहरुलाई कृषि पशुपालन उत्पादन र उद्यामशील बनाउनु जरुरी रहेकोले यस्ता कार्यक्रम सञ्चालन हुँदा उपमहानगरले पनि समन्वय गरेर सहयोग गर्ने उनले बताए । त्यस्तै उनले पौष मसान्तसम्म जीतपुरसिमरा उपमहानगरपालिकाको विक्तिय अधिकार क्षेत्र भित्रका बक्यौता तिर्न बाकी सम्पत्ति कर, घर जग्गा बहाल कर, ब्यवसाय कर र बहाल बितौली शुल्क तिर्न आग्रह गरे ।
साधारण सभामा अध्यक्ष घिमिरेले बार्षिक प्रतिवेदन र लेखा समितीका संयोजक होम बहादुर रकाल लेखा समितीका प्रतिबेदन पेश गरेका थिए । २०५८ साल स्थानपना भएको उक्त सहकारी शेयर चुक्त पुँजी १ करोड १६ लाख ७८ हजार ७ सय रहेको सचिव दिपक राज शर्माले जानकारी दिए ।
सो संस्थाले २१ औं साधारणसभाको अवसरमा शेयर सदस्य र जेष्ठ शेयर सदस्यलाई समेत सम्मान गरेको छ । उक्त साधारणभामा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारि, वडा न २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ, भिमेश्वर मध्यवर्ती सामुदायिक वन पथलैयाका अध्यक्ष पेशल मुल्मी, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ लगाएत संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया