सप्तरी । बोदे बर्साईन नगरपालिका ९ देउरीमा पहिलो वडाध्यक्ष कप खेलकुद प्रतियोगिता सुरू भएकाे छ । ‘अन्तरनिहित प्रतिभाको पहिचान, स्वस्थ जिवन र खेलकुद प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सुर भएकाे खेलकुद प्रतियोगिताकाे सुरू भएकाे हाे । खेलकुद समितिका अध्यक्ष अनिल कुमार मण्डलको अध्यक्षतामा सुरु भएको उक्त खेलकुद प्रतियोगिताकाे प्रमुख अतिथि तथा बोदे बर्साईन नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष तपसी यादवले उद्घाटन गरे । कार्यक्रममा बोल्दै वडाध्यक्ष यादवले आफ्नाे कार्यकालमा सबै कामहरु समयमै हुने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि आफ्नाे नगर खेलकुद समितिका अध्यक्ष कामेश्वर यादवले वडा नं. ९ गत वर्ष जस्तै अनुशासित र मर्यादित भएर खेल सञ्चालन गर्न अनुरोध गरे । खेल क्षेत्रमा खेलाडीहरुमा लुकेर रहेका प्रतिभाहरुलाई मध्यनजर गर्दै वडाध्यक्ष कप, आधारभत स्तरिय अतिरिक्त क्रियाकलाप, मावि स्तरिय अतिरिक्त क्रियाकलाप, राष्ट्रपति रनिङ शिल्ड हुँदै मेयर कप लगायतका कार्यक्रम राखेको उनले बताए।
कार्यक्रममा विद्यालयका प्रअ राजदेव यादव, प्रहरी असई चन्दन यादव लगायत स्थानीयको उपस्थिति रहेको थियो । उक्त अध्यक्ष कपको स्वागत मन्तव्य खेल प्रतियोगिताको संयोजक आदर्शकुमार यादवले राखेका थिए ।
सप्तरी
प्रतिक्रिया