पर्सा । पोखरिया नगरपालिका– ६ सिरिसिया सेडाफिल्डमा भइरहेको टि–२० पाँचौं मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमिफाइन खेलमा कालिकामाई गाउँपालिकाले जित हासिल गरेको छ । बिन्दवासिनी गाउँपालिकालाई हराउँदै कालिकामाई गाउँपालिकाले प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
पहिलो टस जितेर ब्याटिङ गरेको बिन्दवासिनी क्रिकेट कल्बले १९.४ ओभर खेल्दै सबै विकेट गुमाएर १५६ रन बनाएको थियो । त्यसपछि १५७ रनको लक्ष्यसहित जवाफी ब्याटीङमा उत्रेको कालिकामाई क्रिकेट कल्बले १७.५ ओभरमै ६ विकेटको क्षेतिमा लक्ष्य पुरा गरेर जित हासिल गरेर फाइनलमा प्रवेश गरेको छ ।
आजको खेलको म्यान अफ दी म्याच २० बलमा ४६ रन बनाएका कालिकामाई कै कप्तान अर्जुन शर्मा घोषित भएका छन् । प्रतियोगिताको फाइनल खेल शनिबार कालिकामाई र पोखरिया नगरपालिकाबीच हुने आयोजकले जनाएको छ । कालिकामाई गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले जितको खुशीमा खेलाडीहरुलाई शुभकामना तथा बधाई दिँदै कालिकामाई गाउँपालिकाका युवाहरुको साथमा रहेको बताए ।
पर्सा
प्रतिक्रिया