निर्देशन र अभिनयमा व्यस्त कुमुद

काठमाडौं । बेलायतमा बस्दै आएका कलाकार, मोडल तथा निर्देशक कुमुद पन्त डेढ दशकदेखि कलाक्षेत्रमा सक्रिय छन् । दाङका पन्त कुमुद इन्टरटेनमेन्टका निर्देशक हुन् । किशोरावस्थादेखि नै अभिनयप्रति मोह जगाएका उनले त्यही मोहलाई निरन्तरता दिइरहे । शितल नेपाल निर्देशित चलचित्र ‘जन्म जन्म’ बाट अभिनययात्रा सुरु गरेका पन्तले सयभन्दा बढी चलचित्र, लघुचलचित्र, गीति भिडियो र टिभी सिरिजमा अभिनय गरेको सुनाए । उनले केही हिन्दी चलचित्रमा पनि आफूले काम गरेको जनाए । पन्तले निर्देशन र अभिनय गरेका चलचित्र ‘चौरासी पुजा’, हिन्दी चलचित्र ‘चोले’, ‘अन्दाज तेरा मेरा’ र ‘लव मे’ प्रदर्शनको तयारीमा छन् ।

कुमुदको ध्यान अहिले अन्तर्राष्ट्रिय चलचित्रतिर बढी छ । ‘मलाई केही चलचित्रमा अभिनय र लगानीका लागि कुरा पनि आएका छन् । अहिले कुन टिम र कस्तो स्क्रिप्टमा काम गर्ने भन्ने अध्ययन गरिरहेको छु’, कुमुद भन्छन् । कुमुदको सक्रियता कलासँगै सामाजिक क्षेत्रमा पनि उस्तै छ । उनले जाजरकोटका भूकम्पपीडितलाई सामाजिक कार्यकर्ता लक्ष्मी बोगटीको माध्यमबाट सहयोग गरेका छन् ।

प्रतिक्रिया