मुम्बईं । भारतीय ब्याट्सम्यान विराट कोहोलीले एकदिवसीय क्रिकेटमा सचिन तेन्दुलकरको तीन कीर्तिमान एकसाथ तोडेका छन् ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डविरुद्ध १ सय १७ रनको शानदार इनिङ्स खेलेका कोहलीले सचिनका तीन कीर्तिमान एक साथ भंग गरेका हुन् । कोहलीले १ सय १३ बलमा ९ चौका र २ छक्काको मदतले सो रन बनाएका थिए ।
योसँगै कोहलीले एकदिवसीय क्रिकेटमा कीर्तिमानी ५० औं शतक प्रहार गरेका छन् । कोहोली एकदिवसीय क्रिकेटमा ५० शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।
कोहलीले सचिन तन्दुलकरको नाममा रहेको ४९ शतकको कीर्तिमानलाई तोडेका छन् । कोहलीले २ सय ७८ इनिङ्समा आफ्नो ५० शतक प्रहार गरेका हुन् ।
उनले न्युजिल्याण्डविरुद्धको खेलमा अर्को कीर्तिमान समेत बनाए । उनले एकै संस्करणको विश्वकपमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान आफ्नो नाममा लेखाए । न्युजिल्याण्डविरुद्ध ८० रन बनाउँदै उनले सचिनकै कीर्तिमानलाई तोडे । सचिनले सन् २००३ को विश्वकपमा ६ सय ७३ रन बनाएका थिए ।
कोहली एकै पटकको विश्वकपमा ५० भन्दा धेरै स्कोर बनाउने ब्याट्सम्यान समेत बनेका छन् । उनले यसमा समेत सचिनकै कीर्तिमान तोडेका छन् । सचिनले सन् २००३ को विश्वकपमा ७ खेलमा ५० भन्दा बढीको स्कोर गरेका थिए ।
प्रतिक्रिया