टी–२० सिरिज : तान्जानियाले नेपाललाई‍ ११६ रनको लक्ष्य

काठमाडौं । चार देशीय टी–ट्वेन्टी सिरिजमा तान्जानियाले नेपाललाई‍ १ सय १६ रनको लक्ष्य दिएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रनको योगफल बनायो ।

तान्जानियाकी हुडा ओमारीले सर्वाधिक २५ रन बनाइन् । अस्मिना कर्माचार्यको बलमा उनैले ओमारीलाई रनआउट गरेकी हुन् । यस्तै आइशा मोहमेदले २१, ओपनर साउम मतेले १६ रन बनाइन् । यस्तै कप्तान फतुमा किबासुले ११ रन जोड्दा मोनिका पास्कलले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपालका लागि संगीता राईले २ तथा पूजा महतो, रुबीना क्षेत्री र इन्दु बर्माले १-१ विकेट लिए । केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया