चितवन, विराटनगर र मुलपानी क्रिकेट रंगशाला राष्ट्रिय गौरवका आयोजनामा समावेश

काठमाडौं । सरकारले चितव, विराटनगर मुलपानी र क्रिकेट रंगशाला राष्ट्रिय गौरवका आयोजनामा समावेश गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाकोरुपमा अघि बढाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘नेपाली क्रिकेट राष्ट्रिय टिमले निकै ठूलो सफलता हासिल गरेको छ , बैठकमा त्यसबारे पनि छलफल भयो,’ मन्त्री शर्माले भनिन्, ‘सरकारले अब विराटनगर, मुलपानी र भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ ।’

बैठकले हाल इन्धनमा लगाइएको पूर्वाधार शुल्कमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकी जलविद्यतु आयोजनालाई उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया