नेपालका दुई छिमेकी संसारमा सबै भन्दा बढी जनसंख्या भएका पहिलो र दोस्रो देश हुन् । यी दुई देशमा मात्र करिव पौने तीन अर्ब मानिसहरु बसोबास गर्छन । छिमेकी देशहरुको तुलनामा नेपालको जनसंख्या निकै नै थोरै देखिन्छ । तथापि देशको भूगोल तथा जिविकोपार्जनका लागि उपयुक्त जमिनको तुलना गर्ने हो भने नेपालको जनसंख्या थोरै होइन ।
त्यसैले नीति निर्माताहरुलाई नेपालको बढ्दो जनसंख्या प्रति चिन्ता लाग्नु स्वभाविकै हो । विश्वमा देखा परेका प्रमुख समस्याहरुमा जनसंख्या वृद्धि सबैभन्दा ठूलो समस्याका रुपमा रहेको छ । जनसंख्या वृद्धिको कारणले हरेक क्षेत्रमा जनचाप परिरहेको छ । जनसंख्या समस्याबाट कुनै पनि मुलुक अछुतो रहन भने सकेको छैन । प्राकृतिक स्वरुपलाई नष्ट गर्ने प्रमुख कारक तत्व जनसंख्याको अत्याधिक चाप पनि हो । यसले गर्दा सबैलाई प्रत्येक वर्ष पिरोल्ने समस्याको रुपमा जनसंख्या वृद्धि नै हो
। हाल आएर विश्वको जनसंख्या झण्डैं आठ अर्बको हाराहारीमा पुगेको अनुमान छ । यसलाई गणिति हिसाव गने हो भने विश्वमा प्रत्येक २ सेकेण्डमा नौं जना शिशुको जन्म र सोही समयमा तीन जनाको मृत्यु हुने सम्वन्धित विशेषज्ञहरुको अनुमान छ । यसरी प्रति २ सेकेण्ड ६ जना नयाँ अनुहार थपिनाले प्रत्येक वर्ष विश्वमा ७ करोड ६० लाख भन्दा बढी मानिसहरु थपिन्छन् । जनसंख्याको प्रमुख बोझ विकासशील देशहरुमा परिरहेको छ । यसलाई तथ्यांकिय आधारमा अवलोकन गर्ने हो भने पनि विकसित मुलुकहरुमा कुल जनसंख्याको २० प्रतिशत र अविकसित मुलुकहरुमा ८०प्रतिशत जनसंख्या बसोबास गर्दछन् ।
यसैगरी विश्वको कुल प्रजननदर २ दशमलव ३८ रहेको छ । विश्वको वार्षिक सरदर जनसंख्या वृद्धिदर १ दशमलव ५ प्रतिशतमात्र रहेको भएतापनि अविकसित देशहरुमा यसको वृद्धिदर २ प्रतिशत भन्दा बढी भएको हुनाले सन् २०२५ मा ८ अर्व ३१ करोड र सन् २०५० मा ८ अर्ब ९० करोड मानिस हुनेछन् । शहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या ४५ प्रतिशत रहेको छ । जनसंख्या बृद्धिको काहलीलाग्दो चापले अल्प विकसित देशहरुको समाजिक, आर्थिक तथा पर्यावरणीय क्षेत्रमा नराम्रो प्रभाव परिरहेको छ । अतः विकासशील देशहरुको पंक्तिमा पर्ने हाम्रो देश नेपालमा भने जनसंख्या वृद्धिको समस्या र यसबाट वातावरणमा परेको नकारात्मक असर अझै बढी देखिएको छ ।
नेपालको जनसंख्या बार्षिक वृद्धिदर २०५८ मा २ दशमलव २५ प्रतिशत थियो भने २०६८ मा १ दशमलव ३५ प्रतिशत कायम भयो । २०७८ मा बृद्धिदर अझ घटेर र ० दशमलव ९३ प्रतिशतमा झ¥यो । जनगणना २०७८ अनुसार नेपालमा प्रतिवर्ष ४ लाख शिशुको जन्म हुन्छ । करिव १ लाख वृद्धवृद्धाको मृत्यु हुन्छ । बार्षिक करिव २ लाख ८० हजार थपिन्छन् । तर पछिल्ला बर्षहरुका बार्षिक २ लाख युवाहरु स्थायी बसोबासका लागि विदेसिने गरेको तथ्यांक छ । यो स्थिति कायमै रह्यो भने नेपालको जनसंख्या आगामी २० वषै पछि बढ्ने होइन घट्ने क्रम सुरु हुन्छ ।
नेपालको जनसंख्या वृद्धिदर अझै उच्च नै छ । देशमा बाह्रौ जनगणना लिने कार्य वि.सं.२०७८ मा भयो । देशको पछिल्लो जनसङ्ख्या अर्थात ०७८ को जनगणना अनुसार दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । ससर्ति हेर्ने हो भने दश वर्षको अवधिमा २६ लाख ९७ हजार ९ सय ७६ जनाले बृद्धि भएको छ । यसरी विगत दश वर्षको सरदर वार्षिक बृद्धिदर ० दशमलव ९३ प्रतिशत रहेको देखिन्छ । अघिल्लो जनगणनामा १ दशमलव ३५ प्रतिशत रहेको थियो ।
यसमा महिलाको जनसङ्ख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ अर्थात कुल जनसङ्ख्याको ५१ दशमलव शून्य ४ प्रतिशत पुगेको छ भने पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ अर्थात कुल जनसङ्ख्याको ४८ दशमलव ९६ प्रतिशतमा पुगेको छ । यसलाई संख्यात्मक रुपमा हिसाव गर्ने हो भने पुरुषको दाँजोमा महिलाको ६ लाख ९ हजार ८ सय ५८ जना जनसङ्ख्या बढी देखिन्छ ।
मुलुकको जनसंख्या वृद्धिदर तीब्रगतिमा वृद्धि हुँदैं गएको विगतका जनगणनाबाट पनि स्पष्ट हुन्छ । वि.सं. १९६८ सालदेखि नै नेपालमा जनगणना लिइएको भएतापनि वि.सं. २००९–११ देखि लिइएका जनगणनालाई मात्र वैज्ञानीक तरिकाबाट लिइएको मानिन्छ । वि.सं. २०५८ सालको जनगणनामा नेपालको वार्षिक जनसंख्या वृद्धिदर २ दशमलव २५ प्रतिशत रहेको देखिएको छ । औसत आयुमा वृद्धि, शिशु मृत्युदर घटाउने प्रयत्नहरुमा प्राप्त सफलताले मृत्युदरमा कमी आए पनि कुल प्रजननदर भने निकै लामो समयदेखि ६ सन्तान प्रतिआमाकै हाराहारीमा रहेकाले नै जनसंख्या वृद्धिदर नियन्त्रण गर्ने प्रयासमा अपेक्षित सफलता प्राप्त हुन सकेको थिएन ।
यही वृद्धिदर कायम रहेमा ३३ वर्षभित्र नेपालको जनसंख्या दोव्वर हुनजाने अनुमान थियो । वि.सं. २०५८ सालको जगगणनामा नेपालको कुल जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४२३ रहेको अनुमान गरिएको थियो । त्यसरी नै बि.सं.२०६८ को जनगणना अनुसार दश वर्षको अवधिमा ३३ लाख ४३ हजार जनसंख्या बृद्धि भएर २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको थियो ।
महिलाको जनसङ्ख्या १ करोड २८ लाख ४२ हजार ४१ अर्थात कुल जनसङ्ख्याको ५१ दशमलव ५ प्रतिशत पुगेको थियो भने पुरुषको संख्या १ करोड २८ लाख ४२ हजार ४१ अर्थात कुल जनसङ्ख्याको ४८ दशमलव ५ प्रतिशतमा झरेको थियो । यसलाई संख्यात्मक रुपमा हिसाव गर्ने हो भने पुरुषको दाँजोमा महिलाको झण्डै ८ लाख जनसङ्ख्या बढी देखिन्छ । यसरी पछिल्लो जनगणनाले देशको जनसङ्ख्या बृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको देखिएको थियो । जसलाई प्रतिशतको आधार भन्ने हो भने शून्य दशमलव ९ प्रतिशत विन्दु घटेको हो ।
नेपालको जनसंख्या बार्षिक वृद्धिदर २०५८ मा २ दशमलव २५ प्रतिशत थियो भने २०६८ मा १ दशमलव ३५ प्रतिशत कायम भयो । २०७८ मा बृद्धिदर अझ घटेर र ० दशमलव ९३ प्रतिशतमा झर्यो । जनगणना २०७८ अनुसार नेपालमा प्रतिवर्ष ४ लाख शिशुको जन्म हुन्छ । करिव १ लाख वृद्धवृद्धाको मृत्यु हुन्छ । वार्षिक करिव २ लाख ८० हजार थपिन्छन् । तर पछिल्ला बर्षहरुका वार्षिक २ लाख युवाहरु स्थायी बसोबासका लागि विदेसिने गरेको तथ्यांक छ । यो स्थिति कायमै रह्यो भने नेपालको जनसंख्या आगामी २० वषै पछि बढ्ने होइन घट्ने क्रम सुरु हुन्छ । किनकी एक वर्षमा जम्मा १ लाख ९० हजार महिला शिशु जन्मने गरेका छन् । ती मध्ये आधा विदेसिने अबस्था बनेको छ ।
वार्षिक १ लाख १५ हजारको मृत्यु हुने , ४ लाख जन्मने, १२ लाख विदेश जाने अवस्थामा छ यतिबेला नेपाल । विदेश जाने बार्षिक १२ लाखमध्ये पनि २ लाख जति उत्तै घरजम गरेर स्थायी रुपमै बस्छन् । जसलाई गैरआवाशीय नेपाली भन्ने गरिएको छ । सबै भन्दा खतरनाक कुरा भनेको युवतीहरु विदेसिनु हो । बर्षमा जम्मा १ लाख ९० हजार महिला शिशु जन्मनु भनेको २२ वर्ष पछि नेपालमा जनसंख्या यसै पनि ऋणात्मक हुन थाल्नु हो ।
वृद्धिदर यसै पनि घट्नु हो । त्यसमा पनि आधा युवती विदेसिन थाले पछि नेपालको जनसंख्याको हालत के होला । अहिले नै पहाडका गाउँहरु धमाधम रित्तिन थालिसकेका छन् । शहरी क्षेमा समेत घर जग्गाको किनबेच ह्वात्तै घटेको छ । स्कुल कलेजहरुले विद्यार्थी पाउन छाडिसकेका छन् । पहाडी क्षेत्रतिरका करिव आधा सरकारी विद्यालयहरु बन्द भइसकेका छन् ।
नाम : विश्वनाथ खरेल
ठेगाना : नयाँ बानेश्वर ।
मो नं : ९८४१५५६७८५
मिति : २०८०–०७–१६
प्रतिक्रिया