समाजवादी जागरण अभियानको सन्देश

चमिना भट्टराई

‘रोजगारी, समृद्धि र सुशासन’ मूल नाराका साथ झापाको मेचीबाट असोज १४ गते सुरु भएको नेकपा (एकीकृत समाजवादी) पार्टीको समाजवादी जागरण अभियान कार्तिक २८ गते कर्णाली प्रदेशको छिन्चुमा समापन भयो । अभियान किन ? भन्ने प्रश्न एकातिर थियो भने समाजवादी पार्टी जनताका बीचमा किन जाँदै छ भनेर कतिलाई टाउको दुखाइको बिषय बनेको थियो ।

जागरण अभियानको एजेण्डा खाद्यान्न, फलफूल, मासु, काठ, रेशा, जडिबुटी, सिमेन्टलगायत नेपाली कच्चा पदार्थमा आधारित उद्योगहरूको संरक्षणका लागि आवश्यक कर लगायत वित्तीय सुविधा दिनुपर्ने, साना र घरेलु उद्योगहरूलाई विशेष संरक्षण दिनुपर्ने थियो । यो समाजवादमा पुग्ने लक्षका लागि जनतासँग जोडिएको बिषय हो,जुन पार्टीले सुरुदेखि उठाउँदै आएको छ । पार्टी नामका लागि मात्रै होइन, बिचार, निष्ठा, व्यवहार र शैलीले पनि समाजवादी हुनु जुरुरी हुन्छ ।

यस्तै लगानीलाई रोजगारी र उत्पादनसँग जोड्ने, विप्रेषण र गैरआवासीय नेपालीको पुँजीलाई राष्ट्रिय पुँजी निर्माणको महत्वपूर्ण स्रोतका रूपमा परिचालित गर्दै तीनखम्बे अर्थतन्त्रलाई बलियो बनाउने र औद्योगिक रोजगारी सिर्जना गर्दै १० वर्षमा औद्योगिकरणको पहिलो चरण पूरा गरिनु पर्ने कुरामा पार्टीको जोडबल रहेको छ । पार्टीले सुरुदेखि नै मुलुक र जनताका समस्यामा आफूलाई अघिल्लो पङतिमा उभ्याएको छ । जनतालाई हावादारी गफ सुनाएर मुलुक समृद्ध हुँदैन, भन्ने कुरामा पार्टी र नेतृत्व पंक्तीले जोड दिंदै आएको छ । हिजोको बिद्रोहको कारण यो पनि हो ।

गफले होइन, जनताका आधारभूत कुरामा सचेत भएर जनताका पक्षमा काम गर्न सकियो भने, जनताको मन पनि जीतिन्छ र समाजवादी लक्ष पनि पूरा हुन्छ भन्नेमा पार्टी अझै सशक्त भएर लाग्नु पर्ने छ । राजनीतिक र नीतिगत स्थिरताका साथ विकास गर्ने वातावरणमा आगामी १० वर्षमा बर्सेनि कम्तीमा ४० लाख पर्यटक ल्याउन सकिने र करिब तीन लाख रोजगारी भएको पर्यटन क्षेत्रमा १० लाखभन्दा बढी रोजगारी पुर्याउन सकिने एकीकृत समाजवादीको निष्कर्ष छ ।

सडक तथा हवाई यातायात, सेवाको गुणस्तर, पर्यटकीय क्षेत्रको संरक्षण र सौन्दर्यीकरण, भन्सार तथा भिसामा सहजीकरणमा राज्यले ध्यान दिँदा पर्यटन क्षेत्रमा निजी क्षेत्रको लगानी थप बढ्ने विश्वास लिएको छ । यस्तै योजनाबद्ध पूर्वाधार विकासले लामो समयसम्म रोजगारी सिर्जना गर्न मद्दत पुग्छ भन्ने कुरा एकीकृत समाजवादीले औल्याउँदै आएको छ । माथीका धेरै कुरास्थानीय र संघ प्रदेशको निर्वाचका बेला पार्टीले जारी गरेका घोषणपत्रमा पनि उल्लेख छ ।

समाजवादी जागरण अभियानका क्रममा सरकारमा रहेको पार्टी र दुई पूर्वप्रधानमन्त्री भइसकेका नेताहरूले यसअघि नगरेका काम यसपछि गर्छन् ? सत्तामा हुँदा किन गर्नुभएन ? यस्ता प्रश्न पनि आए । कतिलाई लागेको छ र भन्दैछन् पनि, सरकामा भएकाले जनताको समस्या बोल्नु हुन्न ! सरकारले जे गरेको छ चुपचाप सुन्न र हेर्नु पर्छ । तर यसमा पार्टी बुझाइ र दृष्टिकोण फरक छ भन्ने पनि अभियानका क्रममा प्रष्ट भएको छ । सरकारमा बसेर सक्दो जनताको पक्षमा काम गर्ने हो । सरकारले जनतालाई दिनुपर्ने सेवा दिन नसके आलोचना पनि गर्ने हो । हरेक कुराको गुण र दोषको आधारमा आलोचन र समर्थन हुन्छ त्यो समार्थ समाजवादी पार्टीका नेता र कार्यक्रर्तासँग छ र हुनुपर्छ भन्ने पनि अभियानले स्पष्ट पारेको छ ।

शिक्षामा डिजिटल प्रविधिलाई जोड दिँदै भविष्यमा डिजिटल उत्पादनलाई राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न सकिने गरी विकास गरिने विषय प्राथमिकतामा छ । त्यस्तै उच्च तहको शिक्षालाई अनुसन्धानमा आधारित बनाइने लक्ष्यलाइ पार्टीले समेटेको छ । यसरी नेपालको शिक्षा व्यवस्थालाई मुलुकको समृद्धि र समाजवादको ध्येय अनुकूल बनाइने समेत लक्ष्य लिएको छ । यी यस्तै कुरालाई नीतिमा मात्रै होइन, व्यवहारमा पनि पूरा गर्न सकियो भने, विश्वका उत्कृष्ट समाजवादी मुलुक हेरेर हामीले थुक निल्नु पर्देन आफैले भोग्ने छाैँ । यसका लागि के गर्ने र कसरी गर्ने भन्नेमा नेतृत्वको इमान्दारीता र इच्छा शक्ति बलियो चाहिन्छ । यसमा पनि पार्टी पंक्ति अझै सचेत हुनपर्छ ।

यी तमाम मुद्दालाई अघि सार्दै जनताको अभिमत बुझ्न पार्टीले चलाएको यो पन्ध्र दिने अभियान सफल भएको छ । यो अभियानले पार्टीको नेता, कार्यकर्ता, र शुभचिन्तकमा उत्साह प्रदान गरेको र छिट्टै मध्यपहाडी क्षेत्रमा अर्को अभियान सञ्चालन गरिने योजना पार्टीको छ । यसले जनतासँग टाडिदै गएको राजनैतिक दलको सम्बन्धलाई सुमधर बनाउँदै जनताको घर आगँनमै पुगेर उनीहरुको अवस्थालाई नियाल्ने र गुनासाहरु सुन्ने अवसरका रुपमा पनि लिएको छ । यस्ता कार्य बिरलै गरिन्छ ।

जनतालाई भोट बैंकका रुपमा मात्रै लिने र निर्वाचनका बेला झर्को लाग्ने गरी भेटेर जिम्मेवारी पूरा गर्ने बेला अनुहारै नदेखाउने प्रद्धितीको अन्त्य गरीनु पर्छ भन्ने पार्टीको मान्यतालाई अभियानले थप बल दिएको छ । जनतासँगको सम्बन्ध सधै जिवन्त बनाउन यस्ता अभियानको छुट्टै महत्व हुन्छ । राजनीतिक दलप्रति निकै वितृष्णा बढीरहेको बेला एकीकृत समाजवादी आफ्ना कुरा सुनाउन र जनताको गुनासा सुन्न जनताको बीचमा गएकाले पनि यो अभियानलाई सकारात्मक रुपमा जनताले लिएको पाइयो ।

मेचीदेखि कर्णालीसम्म जनताले देखाएका सदभाव र कार्यक्रममा जनसहभागिताले पार्टीमा थप उत्साह बढेको छ । यसका साथै पार्टीले आउँदो ०८४ को चुनावमा जनताका बीचमा जान यसले सहयोगी भूमिका खेल्ने देखिएको छ । हरेक प्रदेशमा देखिएको जनताको अपार सहभागीता र उत्साहले पार्टीमा थप उर्जा बढाएको छ । अभियानका क्रममा भएका साना ठूला ५६ वटा सभामा पार्टीका शीर्ष नेताले प्रत्यक्ष जनताका बीचमा आफ्ना धारणा राख्नुभयो ।

यहि दौरान विभिन्न दल त्याग गरी १० हजार भन्दा बढी समाजवादी आन्दोलनमा जोडिने ध्येयका साथ पार्टी प्रवेशले अर्को उत्साह बढायो । अभियानका क्रममा लाखौं जनासँग प्रत्यक्ष अन्तक्रिया भए । कयौं स्थानमा व्यवसायी र उद्योगीका समस्या सुन्ने र सुझाव लिने काम भयो । सुकुम्वासी र मुक्त कमैयालगायत समुदायका बीचमा पनि यो दौरान पार्टी नेतृत्व पुगेको छ । साँडे तीन लाख जनताका बीचमा पार्टीले आफ्ना कुरा सुनाएर अभियान सफल बनाएको छ । यसले सबै क्षेत्रका जनताका बीचमा पार्टीलाई पुर्याइ उनीहरुका कुरा सुन्ने र आफ्ना धारणा सुनाउने काम भएको छ । कयौं आशंकाहरुको जवाफ दिँदै, चुनौतिलाई चिर्दै र जनताको मन जितेर यो अभियान सफल भएको छ ।

एकीकृत समाजवादीले अभियान सञ्चालन गरेका बेला कोशी प्रदेशमा पहिचानको आन्दोलन चलिरहेको थियो भने मधेशका केही ठाउँमा सामाजिक सद्भाव बिथोल्ने घटना भएका थिए । यो बीचमा पनि अभियान पूर्णरुपमा सफलता पूर्वक सम्पन्न भएको छ । अभियान चलिरहदा कोशी प्रदेशमा पहिचानको संघर्ष जारी थियो, तर समाजवादी अभियानलाई स्वागत गरियो । मधेश प्रदेशमा अझ धेरै राम्रो स्वागत भयो । यसको कारण थियो, नेकपा (एकीकृत समाजवादी) पार्टी संघीयताको पक्ष हुनु हो भन्ने पार्टीको ठम्याइ छ ।

पार्टी कुनै पनि बिषय र एजेण्डामा जनता भन्दा टाडा छैन र रहने पनि छैन भन्ने पार्टीको प्रतिवद्धता एक पटक फेरि प्रमाणित गर्ने अवसर पनि हो यो । पार्टीको नाम र अभियान मात्रै होइन, लक्ष पनि समाजवादी भएको जनताले अनुभूत गर्न पाउनुपर्छ । यसका लागि देशमा रोजगारी वृद्धि गर्ने, कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने, जनताले गरेको उत्पादन सरकारले अनिवार्य खरिद गर्नुपर्ने, बजारको व्यवस्था गर्नुपर्ने र साथै, जनतालाई कृषि कर्मबाटै बचत गर्न सकिन्छ भन्ने अनुभूति दिलाउनुपर्छ भन्ने हो ।

जसले गर्दा लाखौंलाई रोजगारी सिर्जना हुन्छ । पार्टीले चाहेको समाजवादमा जनताको दैनिकीमा अनुभूत गर्ने समाजवादले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान गर्छ ।समाजवादको प्रारम्भिक खाका पनि यही हो ।
समाजवादी जागरण अभियानका क्रममा सरकारमा रहेको पार्टी र दुई पूर्वप्रधानमन्त्री भइसकेका नेताहरूले यसअघि नगरेका काम यसपछि गर्छन् ? सत्तामा हुँदा किन गर्नुभएन ? यस्ता प्रश्न पनि आए । कतिलाई लागेको छ र भन्दैछन् पनि, सरकामा भएकाले जनताको समस्या बोल्नु हुन्न ! सरकारले जे गरेको छ चुपचाप सुन्न र हेर्नु पर्छ ।

तर यसमा पार्टी बुझाइ र दृष्टिकोण फरक छ भन्ने पनि अभियानका क्रममा प्रष्ट भएको छ । सरकारमा बसेर सक्दो जनताको पक्षमा काम गर्ने हो । सरकारले जनतालाई दिनुपर्ने सेवा दिन नसके आलोचना पनि गर्ने हो । हरेक कुराको गुण र दोषको आधारमा आलोचन र समर्थन हुन्छ त्यो समार्थ समाजवादी पार्टीका नेता र कार्यक्रर्तासँग छ र हुनुपर्छ भन्ने पनि अभियानले स्पष्ट पारेको छ । कसैको दास भएर सहि र गलत छुट्याउन नसक्ने, लागेको र देखेको बोल्ने आँट नभएका समाजवादी हुन सक्दैनन् ।

सत्तामा रहदा सत्ताको आलोचना गर्दे जनताका पक्षमा काम गर्ने सुझाव दिने र राम्रा कामको प्रशंसा गर्नु नै मुलुकले हितमा हुनेछ । अभियानको उद्घाटनका क्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादी युवा, किसान, महिला, दलित उत्पीडित र पिछडिएका समुदायसँग हातेमालो गरेर अघि बढ्ने बताउनु भएको थियो । अध्यक्ष नेपालले पार्टीसँग जनतालाई जोड्न अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । समाजवादको यात्रामा कम्युनिस्टहरु फुटेर नभइ, जुटेर अघि बढ्नुपर्ने कुरा पटक पटक नेताहरुले जनतालाई सुनाउनु भयो । बिद्रोह गरेर दुई वर्ष भर्खर पुगेको पार्टी यति ठूलो अभियानका साथ जनताका बीचमा जाने र आफ्ना कुरा सुनाउँदै जनताका कुरा सुन्ने काम भएको छ ।

अभियानमा सामेल भएकै बेला स्वास्थ्यमा आएको गडबडीका कारण लामो समय अभियानमा रहन सकिन । तर जनताले अभियनमा देखाएका साथ भने कम थिएन । धेरै नेता कार्यकर्ताको स्वास्थ्य बिग्रदा पनि ७० वर्ष काट्नु भएका पार्टी अध्यक्ष र सम्मानीत नेताको उर्जाशिल सहभागीता हेर्दा कम उत्साह थिएन । उहाँहरुको तन्नेरी जोसले सहभागीमा हौसला बढाउँदै थियो ।

सुरुदेखि हरेक कार्यक्रममा समयमा सहभागी हुने जनताका कुरा सुन्ने र आफ्ना धारणा राख्ने सबालमा उहाँहरु सक्रिय हुनुहुन्थ्यो । भेट्न चाहेका जनतालाई भेट्ने र सुनाउन चाहेका गुनासा सुन्दै त्यसको जवाफ दिने काममा उहाँहरुले कतै कन्जुस्याइँ गर्नुभएन । समग्रमा यो अभियान सफल भएको छ र हरेक कम्युनिस्ट पार्टी दैनिक रुपमा जनतासँग जोडिनु पर्छ भन्ने सन्देश पनि यो अभियानले दिएको छ ।


हुलाकी राजमार्गको स्तरोन्नति सुस्त
सिद्धराज भट्ट
पर्याप्त बजेट अभावमा राष्ट्रिय गौरवको कैलाली–कञ्चनपुर हुलाकी राजमार्गको सडकखण्ड स्तरोन्नतिको काम पछिल्ला वर्षमा सुस्त भएको छ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पनि हुलाकी राजमार्ग निर्माणले गति लिन नसकेको स्थानीयकोे गुनासो छ । स्तरोन्नति गर्न सुरु भएको चार वर्षमा कैलाली खण्डमा ३१ किलोमिटर हुलाकी सडक स्तरोन्नति भएको छ ।
कैलालीमा धनगढीको मोहना पुलदेखि सत्ती खक्रौलासम्म हुलाकी सडक ६९ किलोमिटर लामो छ । बाँकी खण्डमा स्तरोन्नतिको काम भइरहेको धनगढीपस्थित हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ ।
कैलालीकै लम्कीचुहादेखि टीकापुर बजार क्षेत्र (उत्तर दक्षिण) हुँदै सत्ती खक्रौलासम्मको २९ दशमलव पाँच किलोमिटर लामो सडकमध्ये आठ किलोमिटर खण्डमा कालोपत्रे भएको छ । टीकापुरदेखि खक्रौलासम्मको भागमा स्तरोन्नति हुन बाँकी छ । यो क्षेत्रको सिंगल लेन सडक ठाउँठाउँमा खाल्डाखुल्डी पर्दा आवागमन निकै असहज बन्ने गरेको स्थानीयको गुनासो छ ।
कञ्चनपुरको डोकेबजारदेखि बेलौरी हुँदै दैजी बजारसम्मको ६२ किमी लामो हुलाकी सडकमध्ये सात वर्षमा ३८ किमी कालोपत्रे भइसकेको छ । डोके बजारदेखि बेलौरीसम्मको खण्डमा कालोपत्रे भइसकेको छ भने बेलौरीदेखि बेलडाँडी हुँदै दैजीसम्मको धेरै भाग कालोपत्रे हुन सकेको छैन ।
गत आर्थिक वर्षमा यो राजमार्गको स्तरोन्नतिका लागि ७५ करोड बजेट विनियोजन भएको थियो । चालु आर्थिक वर्षमा बजेट घटेर आउँदा ४० करोड विनियोजन गरिएको छ । यो राजमार्ग स्तरोन्नतिका लागि कैलालीको खण्डमा आव २०७६÷७७ मा र कञ्चनपुरको खण्डमा आव २०७३÷७४ मा ठेक्का लागेको थियो । कञ्चनपुर खण्डमा स्तरोन्नति गर्न लागेको ठेक्काको अवधि गएको असारमै सकिएको छ ।
ठेक्काको अवधि सकिए पनि निर्माण कम्पनीको कार्यप्रगतिको आधारमा ठेक्काको म्याद थप्ने वा नथप्ने विषयमा निर्णय हुने हुलाकी राजमार्ग आयोजना कार्यालयका इन्जिनियर दीपक सुनारले बताए । बजेट नथपिएमा चालु वर्षमा पनि स्तरोन्नतिको बाँकी काम पूरा नहुने उनले जानकारी दिए ।
भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको ‘सिंगल लेन’को हुलाकी राजमार्गलाई नेपाल सरकारद्वारा सहरी खण्डमा ‘चार लेन’ र ग्रामीण खण्डमा ‘दुई लेन’ बनाएर स्तरोन्नति गर्ने कार्य भइरहेको हो । निर्माण थालिएको सुरुका वर्षमा रुख कटानीको प्रक्रिया लम्बिँदा कञ्चनपुरको शुक्लाफाँटा आरक्ष क्षेत्र र कैलालीको बसन्ता वन क्षेत्रमा यो राजमार्ग निर्माणको काम ढिलो सुरु गरिएको थियो ।
धनगढी, लम्कीचुहा र टीकापुर नगर क्षेत्रको हुलाकी खण्डमा ‘चार लेन’ र ग्रामीण खण्डमा ‘दुई लेन’सडक स्तरोन्नति भइरहेको छ । राजमार्गअन्तर्गतको धनगढी खण्डका खोलमा दुई वटा पुल र कञ्चनपुरको दोदा नदीमा ‘डबल लेन’को पुल निर्माणका लागि ठेक्का लागिसकेको छ ।
कैलालीको भजनी हुलाकीखण्डको कान्द्रा नदीमाथि पुल निर्माण हालै पूरा भइसकेको छ । यो राजमार्ग स्तरोन्नतिका लागि अहिलेसम्म चार अर्ब २२ करोडको ठेक्का लागिसकेकामा दुई अर्ब ६८ करोड बराबरको काम पूरा भइसकेको हुलाकी सडक आयोजना कार्यालयले जनाएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका–८ को पचुइ क्षेत्रको दुई किलोमिटर लामो भागमा र कैलालीको खक्रौला घाटको सीमानाका नजिकको तीनसय मिटर लामो भागको हुलाकी सडकखण्डमा विवादका कारण निर्माणको काम अघि बढ्न सकेको छैन ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सडक निर्माण गरिने भूमि दशगजा भएको भन्दै विवाद झिकेर बाधा अवरोध पु¥याएपछि काम अघि बढ्न नसकेको हो । यी दुवै जिल्लामा भारत सरकारको अनुदान सहयोगमा ‘सिंगल लेन’को हुलाकी राजमार्ग निर्माण गरिएको थियो । बनेको केही वर्षभित्रै यो राजमार्गको कालोपत्रे ठाउँठाउँमा उप्किएर खाल्डाखुल्डी परेको थियो ।
यी दुवै जिल्लाको दक्षिणी भेकमा हुलाकी राजमार्ग निर्माणसँगै आवागमन सहज हुँदा आर्थिक क्रियाकलापमा सकारात्मक परिवर्तन देखिन थालेको छ । राजमार्ग निर्माणपछि टीकापुरदेखि सदरमुकाम धनगढीसम्मको आउजाउ छोटिँदा आवागमन सहज हुनाका साथै आर्थिक क्रियाकलापमा सकारात्मक परिवर्तन देखिन थालेको स्थानीय बताउँछन् । ‘राजमार्ग निर्माणपछि टीकापुर–धनगढीको दूरी छोटिएर आवागमन सहज भएको छ,’ टीकापुरका विनय शर्माले भने ।
टीकापुरबाट लम्की, अत्तरिया हुँदै धनगढी पुगिने सडक झण्डै ८४ किमी लामो छ । धनगढीदेखि हसुलिया भजनी हुँदै टीकापुर पुगिने हुलाकी सडक झण्डै ६२ किमी लामो छ । दक्षिणी भेकमा पूर्व–पश्चिम हुँदै निर्माण भएको हुलाकी राजमार्गले सदरमुकाम धनगढीसँगको दूरी छोटिँदा बढेको आर्थिक क्रियाकलापले स्थानीय बासिन्दाको आम्दानीमा सकारात्मक प्रभाव परेको स्थानीय दलबहादुर रोकायाले बताए ।

प्रतिक्रिया