टिकाको उत्तम साइत बिहान ११:०२ बजे

काठमाडौं । विजयादशमीको टिका थाप्ने उत्तम साइत बिहान ११ः०२ बजे तय भएको छ । नेपाल पञ्चांग निर्णायकविकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको हो ।

यस वर्षको बडादसैँ अर्थात दुर्गा पक्षको सुरुवातभने असोज २८ गते आइतबार देखि भइसकेको छ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिनबिहान ११ः२९ बजेको साइतमा घटस्थापना गरिएको थियो ।

घटस्थापनाका दिनचित्रानक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने समितिको भनाइ छ । देवीविसर्जनको साइत भने आज कात्तिक ७ गते मंगलबार विजयादशमीका दिन बिहान १०ः३७ बजे रहेको छ । देवीविसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभएपनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ ।

गत साउनमहिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादसैँ सुरु भएको हो । कात्तिक पहिलो साता बडादसैँको मुख्यदिन अर्थात् विजयादशमी परेको छ । कात्तिक ११गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादसैँ पर्व समाप्त हुन्छ ।

प्रतिक्रिया