काठमाडौं । कात्तिक ५ देखि ११ सम्म चीनको हृङजाओ सहरमा हुने चौथौं पारा एसियन गेम्समा सहभागी नेपाली खेलाडीलाई एनसेलले शुभकामना व्यक्त गरेको छ । आफ्नो ब्राण्ड थिम ‘हामी तपाईंकै लागि’ अन्तर्गत राष्ट्रिय पारा टिमसँग आवद्ध हुन खुसी व्यक्त गरेको एनसेलले जनाएको छ ।
पारा एसिएन गेम्स २०२२ मा विभिन्न १० वटा खेलमा नेपालको प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा टिमका खेलाडी तथा प्रशिक्षकलाई एक बिदाई कार्यक्रम आयोजना गरेको छ । एनसेलले देश तथा विदेशमा नेपाललाई प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा खेलाडीको सहयोगार्थ राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग सहकार्य गरेको छ । यो वर्ष पारा एसियन गेम्समा विभिन्न १० खेलका विधामा १९ जना पारा खेलाडी सहभागी हुँदैछन् । एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, टेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस खेलमा नेपाल सहभागी हुनेछ ।
एसियन गेम्स २०२२ एक प्रतिस्पर्धा मात्र नभई राष्ट्रिय पारा खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा खेल खेल्न सक्छन् भनेर प्रमाणित गर्ने एक महत्वपूर्ण प्लेटर्फम रहेको एनसेलको भनाइ छ ।
प्रतिक्रिया