आइतबार दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ८३ करोडको कारोबार

काठमाडाैं । आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से ३३.२० अङ्कले घटेर १९७१.१० अङ्कमा कायम भएको हो ।

आज विभिन्न २८४ कम्पनीका ६७ लाख २३ हजार चार सय कित्ता शेयर ८२ हजार आठ सय पटक खरिदबिक्री हुँदा १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७४३ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जलविद्युत् समूह ३.३२ र वित्त समूह २.१७ प्रतिशतले घटेको छ ।

आज सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पाँच वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

सनराइज फस्ट म्युचुअल फन्ड, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड, एसियन हाइड्रोपावर लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४ करोड ७३ लाख ६० हजार ७४३ बराबरको ३ लाख १८ हजार ७२४ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया