काठमाडौं । ‘नाडा अटो शो–२०२३’ सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको १५औं संस्करण ‘नाडा अटो शो–२०२३’ मा ७६ हजार १ सय जनाले अवलोकन गरेका थिए । २६ देखि ३१ भदौसम्म सञ्चालन भएको उक्त प्रर्दशनीमा अवालोककर्ताले मुलत विद्युतीय सवारीका बढी चासो देखाएका थिए ।
अटो शोमा पहिलो दिन ८ हजार ५ सय जनाले अवलोकन गरेका थिए । दोस्रो दिन ११ हजार ७ सय, तेस्रो दिन १४ हजार ३ सय र चौथो दिन १४ हजार २ सय जना र पाँचौ दिन १६ हजार ४ सय जनाले अवलोकन गरेको नाडाले जनाएको छ ।
आम अवलोकनकर्ता विद्युती सवारी साधन भएको स्टलमा भिड देखिएको थियो । अवलोकनकर्ताले विद्युतीय सवारीमा पनि दुई पांग्रे,चार पांग्रे र कमर्सियल सवारीमा चासो देखिएका थिए । अटो शोकै अवसरका दुई पांग्रे, चार पांग्रे र कमर्सियल सवारीसाधन सार्वजनिक गरिएका थिए भने बजारमा यसअघि सार्वजनिक गरिएका सवारीसाधनसमेत प्रदशनीमा राखिएको थिए ।
सवारी आयातकर्ता कम्पनीले मुलत अटो शोलाई नै केन्दीत गरेर दुई पांग्रे र चार पांग्रे सवारी साधन सार्वजनिक गरेर अवलोकनकर्तालाई आकर्षित गरेका थिए । त्यसमा पनि अटो शोमा आम अवलोकनकर्ताको ध्यान भने नयाँ आएका विद्युतीय सवारी साधनकानै केन्दीत रहेको पाइएको थियो । अटो शोमा १२० स्टल ४५ वटा सवारी साधनका ब्राण्ड सहभागी भएका थिए ।
प्रतिक्रिया