एलपिएल खेल्ने १६ टिम टुंगियो

काठमाडौं । आठौं संस्करणको लिटल फ्लावर प्रीमियर लिग (एलपिएल) को सिनियर टी२० क्रिकेट प्रतियोगितामा सहभागी हुने १६ टिमको टुङ्गो लागेको छ । आयोजक लिटल फ्लावर स्पोर्ट्स क्लब र सह–आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले प्रतियोगितामा सहभागी हुने १६ टोलीको नाम सार्वजनिक गरेको हो ।

प्रतियोगितामा क्रिकेट एक्सिलेन्स सेन्टर बालुवाटार, काठमाडौं, गरुडा नगरपालिका रौतहट, लिटल एन्जल्स बोर्डिङ स्कुल भालुवाङ्ग दाङ, शुक्लाफाटा ब्ल्याकबक्स फाउन्डेसन कंचनपुर, जे एस स्पोर्ट्स सुपर स्टार कंचनपुर, खप्तड इन्डोर स्पोर्ट्स सेन्टर महेन्द्रनगर कंचनपुर, युथ अफ टिकापुर टिकापुर कैलाली रहेका छन् । यसैगरी घोडाघोडी क्रीकेट एकेडेमी सुख्खड कैलाली, सत्यवती क्रिकेट एकेडेमी अत्तरीया कैलाली, कैलाली बहुमुखी क्याम्पस धनगढी कैलाली, सुदुरपश्चिमान्चल क्याम्पस एसपिए धनगढी कैलाली रहेका छन् ।

प्रतियोगितामा सहभागी अन्य टिमहरुमा लिटल फ्लावर बोर्डिङ हाईस्कुल धनगढी कैलाली, कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलाली, धनगढी स्पोर्ट्स क्लब बोराडाडी धनगढी कैलाली, धनगढी क्रीकेट एकेडेमी धनगढी कैलाली र शारदा माद्यमिक विद्यालय बैयाबेहेडी धनगढी छन् ।

प्रतियोगिता मंसिरको पहिलो हप्तादेखि धनगढी स्थित फाप्ला क्रीकेट मैदानमा आयोजना हुनेछ । प्रतियोगिताको विजेताले २ लाख ५५ हजार ५ सय ५५ हजार तथा उपविजेताले १ लाख २८ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट ब्याटर र बलरले जनही नगद ७ हजार ५ सय र उदियमान खेलाडीले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलमा सर्वाधिक ठूलो छक्का प्रहार गर्ने खेलाडीले जनही ५ सय प्राप्त गर्नेछन् ।

प्रतिक्रिया