कतारमा ५७ संघ संस्थाको आयोजनामा तिज कार्यक्रम हुँदै

दोहा । नेपाली नारीहरूको महान पर्व हरितालिका तिजको अवसरमा कतारमा ५७ वटा संघसंस्थाको आयोजनामा गर्न लागेको रमाइलो तिज धमाकाको तयारी पूरा भएको छ । नेपाली महिला समाजको चहाना, एकता र सहयोगको बिशुद्ध सामाजिक भावना भन्ने मुल नाराको साथ हुन् लागेको रमाइलो बृहत् तिज सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता भण्डारी पौडेलले जानकारी दिइन् ।

नेपाली महिला समाज कतार, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको महिला विभाग एवं दोहा कतारमा स्थापित बिभिन्न संघ-संस्थाहरुको संयुक्त आयोजनामा नेपालीहरुको महान पर्व ‘तिज´ को अवसरमा शुक्रबार आयोजना हुने कार्यक्रम उपस्थित हुन् सबैलाई बिशेष गरी महिला दिदीबहिनीहरुलाई अनुरोध गरिएको अध्यक्ष भण्डारी पौडेलले बताइन् ।

कार्यक्रममा दर ख्वाउनुका साथै शुभकामना आदान-प्रदान तथा श्रमिक सचेतनामुलक कार्यक्रम पनि रहेको उनले बताइन् । कार्यक्रम आयोजक संस्थाका लागि दुई सय कतारी रियाल तोकिएको छ । महिलाका लागि प्रवेश निःशुल्क व्यवस्था गरिएको छ, भने आयोजक संस्थाको प्रतिनिधि बाहेक दुई वटा पास उपलब्ध गराइने बताइएको छ ।

पुरुषका लागि प्रवेश शुल्क २५ रियाल तोकिएको छ । कार्यक्रम अल थुमामास्थित एथ्लेन स्पोर्ट्स क्लबको इभेन्टस हलमा शुक्रबार बिहान ११ बजेबाट शुरु हुनेछ । कार्यक्रममा महिलाहरुका लागि निशुल्क यातायात व्यवस्था पनि गरिएको एनआरएनए कतारका द्वितीय उपाध्यक्ष केश कार्कीले जानकारी दिए ।

प्रतिक्रिया