
काठमाडाैं । नेपाली लोकदोहोरी क्षेत्रको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा हुन लागेको ‘नवाैँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३’ को औपचारिक दौड सुरु भएको छ ।
जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक भव्य समारोहका बीच कुल २४ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । भदौ ६ गते भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजना हुने अन्तिम समारोहमा मुख्य अवार्डहरू वितरण गरिने भए पनि संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरूको नाम भने तय भइसकेको छ ।
निर्णायक संयोजक दुर्गा रायमाझीका अनुसार यस वर्षको प्रतिष्ठित ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट पूर्व केन्द्रीय अध्यक्ष एवं वरिष्ठ गायक प्रजापति पराजुलीलाई सम्मानित गरिने छ । त्यसैगरी, लोकप्रिय गायिका देवी घर्तीलाई ‘दशकको स्रष्टा सम्मान’, पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्मालाई ‘संस्थागत दोहोरी सम्मान’ र पीएन सापकोटालाई ‘समन्वय समिति सम्मान’ सहित ८ वटा विभिन्न विधामा विशेष सम्मान प्रदान गरिने छ ।
सार्वजनिक गरिएको मनोनयन अनुसार यस पटकको मुख्य विधा ‘सर्वोत्कृष्ट लोक दोहोरी गायक’ तर्फ खेम सेन्चुरी (तल्लो बाटो), सागर आले (युके बस्ने दाई), प्रकाश दुतराज (छैन र माया), अर्जुन सापकोटा (झलिको) र कुशल बेल्बासे (काचो सुपारी) बीच प्रतिस्पर्धा हुने छ । ‘सर्वोत्कृष्ट गायिका’ तर्फ शन्ती श्री परियार (जुनेली रातै रातैमा), शान्ता रानी परियार (स्याउली बजारमा), दिपिका बयम्भु मगर (कस्मिरे पछेउरी), कालिका रोका (देउराली लाई फुलपाती धजा) र निशा गुरुङ (युके लन्डनको) मनोनयनमा परेका छन् ।
यस्तै नव गायकतर्फ सितल गुरुङ, किरण बिसि, रायन बस्याल, सुरेश अन्जान र अनिल पुन मगर तथा नव गायिकातर्फ निर्मला देबि बस्नेत, सिम्रन परियार, शन्ती शिरीष मगर, सिमा नेपाली र गरिमा कार्की उत्कृष्ट पाँचमा अटाएका छन् ।
गीतको सिर्जनात्मक विधा अन्तर्गत उत्कृष्ट शब्दका लागि नेत्र अर्याल, सन्तोष सापकोटा, बिक्रम बाबू बिश्वकर्मा, सुरेश राना मगर र दिपक अधिकारी तथा उत्कृष्ट लयका लागि अर्जुन सापकोटा, गोबिन्द पंगेनी, एच.बि.एन. किस्मत, नन्दु परियार र अशिम चन्द बिश्वकर्म बीच प्रतिस्पर्धा हुने छ ।
सर्वोत्कृष्ट गीत विधामा बिनोद बाजुराली, सुदिप अधिकारी, सुर्य खड्का, कोमल नेपाली र खुशी गुरुङका गीतहरू परेका छन् भने सर्वोत्कृष्ट लोक गीत विधामा बाल कुमार श्रेष्ठ, घनश्याम रिजाल, शम्भु कुँबर, सुरेश खत्री र दुर्गा माया गुरुङ मनोनयनमा परेका छन् ।
दृश्य र अभिनय विधातर्फ नृत्य नायकमा लोमस शर्मा, गोबिन्द पहाडी, बबिन सिंह ठकुरी, बिजय पुन र अनिल पौडेल तथा नृत्य नायिकामा नारायणी खत्री, चाहना राना मगर, सन्जना गुरुङ, एलिना रायमाझी र प्रिती गुरुङ छानिएका छन् । नृत्य निर्देशनतर्फ मौसम हिमाली, एकिन्द्र सारा शंकर, जेरि भण्डारी, मुकेश नेपाली र प्रशान्त मगर प्रतिस्पर्धामा छन् ।
अभिनय नायकमा बिमल अधिकारी, बिक्रम बुढाथोकी, बिनोद भन्डारी, ओबि रायमाझी र कमल अर्याल तथा अभिनय नायिकामा जुना गुरुङ, जुना बिश्वकर्मा, रेणुका खड्का, यशु भट्टराई र मञ्जु खत्री मनोनयनमा परेका छन् भने अभिनय निर्देशकमा मौसम हिमाली, बिनोद भण्डारी, दिप गुरुङ, निशान बानिया र सिर्जन बराल ‘ऋषी’ बीच प्रतिस्पर्धा हुने छ ।
प्राविधिक र मौलिक विधातर्फ एरेन्जमा कृष्ण केसि, एच.बि.एन. किस्मत, बिशाल निरौला, आकाश नेपाली र खेम राज गौतम तथा मिक्सिङ मास्टरिङमा एच.बि.एन. किस्मत, खड्क बाजुराली, आकाश नेपाली, बिनोद परियार र कृष्ण बाजुराली परेका छन् ।
रेकर्डिस्टमा सुमन राना, सागर बाजुराली, डमर बिक, राज खड्का र रमेश खड्का, छायांकनमा बुद्ध थापा, अजय रेग्मी, प्रकाश खड्का, दिपक गिरी र बिरेन्द परियार तथा सम्पादकमा मिलन बिक, राजकुमार मगर, मनोज कार्की, अमृत चापागाईं र नवीन घर्ती मगर उत्कृष्ट पाँचमा पर्न सफल भएका छन्। मौलिकता जोगाउने परम्परागत गीत विधामा ईश्वर सिंह, मौसम गुरुङ, चिजा तामाङ, मिना लामा/सागर गुरुङ र सुशील भट्टराईका सिर्जनाहरू मनोनित छन् ।
प्रतिष्ठानले नयाँ र व्यावसायिक कलाकारहरूलाई समेट्दै प्रतियोगी गायक विधामा प्रितम पोख्रेल, निशान्त बिक, मानव रावत क्षत्री, सचिन भट्टराई र सरोज सिमखडा तथा प्रतियोगी गायिकामा सपना रोका, संगीना थापा मगर, जमुना बिक, खुश्बु सुनार र जमुना सुनारलाई मनोनयन गरेको छ ।
त्यसैगरी दोहोरी साँझ गायकतर्फ रामजी प्रसाद पौडेल, संगम गुरुङ, दर्पण यात्री, टेक बादुर क्षत्री र बखन सिङ गुरुङ तथा दोहोरी साँझ गायिकातर्फ बेलिमाया पुलामी, प्रतिभा सापकोटा, शान्ती कार्की, बिमला दुरा र सनम पुर्जा पुन मनोनयनमा परेका छन् ।
गरिमा विकास बैंक मुख्य प्रायोजक रहेको यो भव्य कार्यक्रमले नेपाली लोकसंस्कृतिको गरिमालाई थप उचाइमा पुर्याउने विश्वास आयोजक उपत्यका समन्वय समितिका अध्यक्ष प्रसाद लामिछानेले व्यक्त गरेका छन् ।
प्रतिक्रिया