काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले जारी गरेको १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ आज बाँटफाँट गरेको छ । कम्पनीले भदौ १० देखि १३ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरमा आइपीओ जारी गरेको हो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलले आफ्नै कार्यालय कमलादी काठमाडौंमा बिहान ९ः३० बजे आइपीओ बाँडफाँट गरेको हो । माण्डुको आइपीओमा मागभन्दा ८.८७ गुणा बढी आवेदन परेको छ ।
माण्डुको आइपीओमा ९ लाख ८० हजार ५५ जनाले कुल १ करोड ६ लाख ९५ हजार ३३० कित्ताका लागि आवेदन दिएका छन् । एक लाख २० हजार ५३२ जनाले मात्र आईपीओ पाएका छन् । आवेदन दिएका बाँकी ८ लाख ५९ हजार ५२३ जनाको भने हात खाली भएको छ ।
प्रतिक्रिया