कुवेतमा ५ सय बढी नेपाली अलपत्र , उद्धारको अपिल

कुवेतमा अलपत्र नेपालीहरु । तस्वीर सौज्यन : कुल बहादुर राई

दोहा । आकर्षक रोजगारीको प्रलोभनमा परेर दलाललाई मोटो रकम बुझाएर कुवेत पुगेका पाँच सय भन्दा बढी नेपाली कामदार समस्यामा परेका छन् ।

काठमाडौँमा रहेको बैभब ओभरसिज, गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रालि लगायत अन्य मेनपावरबाट कुवेत पुगेका महिला र पुरुष गरेर तीन सहयोग नेपाली समस्यामा परेको त्यस मध्यका एक दोर्ण सिंह ठकुरीले जानकारी दिए ।

कुवेत स्थित ‘ब्लु सी ट्रेडिङ को डब्लुएलएल’ कम्पनीमा क्लिनर रुपमा करिव चौध– पन्द्र महिना अघि त्यहाँ पुगेका उनीहरु एक महिना देखि न काम न दाम भएर बस्नु परेको ठकुरीले बताए ।

“केहि साथीहरुले हामी ४७ जना मात्रै पिडित हौ भनेर केहि संचार मध्यमा नाम लिष्ट सहित दिनु भएको रहेछ, उनले सौर्य दैनिक सँग भने; तर हामी यहाँ महिला र पुरुष गरेर करिव ५ सय जना जति छौ,हामी बसेको क्याम्पमा मात्र तीन देखि पाँच सय छौ अन्य क्याम्प पनि छन् भन्ने सुन्नमा आएको छ ठ्याक्कै यतिनै छन् भन्न सकिन्न, केहि साथीहरु आफै टिकट काटेर फर्किदै छन् , कोहि फर्किने तयारीमा छन् भने कोहि काम पाउने आशामा बसिरहेका छन् ।’

अहिले एक महिना देखि काम बिहीन भएर बस्नु परेको भन्दै यतिका दिनसम्म पहिलाको केही पैसाले खाना खाएको र अब के कसरी बाच्ने भन्ने चिन्ता थपिएको उनीहरुले बताएका छन्। उनीहरुले काम बिहीन भएर बस्नु परेको बारे मेनपावरलाई जानकारी गराएको भएको पनि कुनै सुनुवाई नगरेको बताएका छन् ।

‘हामी लामो समय काम तथा बिना तलव कोठामा बन्दी सरह भएर बसेका छौ,मानवता छकि छैन, हामी केहि कमाई हुन्छ की भनेर नेपालमा बैंकबाट चर्को ब्याजदर ऋण काढेर यहाँ आएका हौ,अझै ऋण तिर्न बाँकी छ, हाम्रो पनि नेपालमा घर परिवार छ ,’ अर्का एक पिडितले थपे , ‘हामी रहरले आएका हैनौ बाध्यताले आएको हो, काम दिलाउन नसके हामीलाई उद्धार गर्नुहोस हामी यहाँ कैदीबन्दी भएर बस्न सक्दैनौ ।’

मेनपावरले पटक – पटक काम दिलाउने झुट्टो आश्वाशन मात्र दिने गरेको गरेको भएपनि पछिल्लो समय आफूहरुलाई सामाजिक संजाल फेसबुक, इमो तथा व्हाट्सएपमा पनि बल्क गरेर सम्पर्क बिहीन भएको उनीहरुले बताए ।

अहिले केहि महिला दिदीबहिनीहरुलाई कम्पनीमा काम दिएको भन्ने सुन्नमा आएको भएपनि उनीहरु काम पाए नपाएको यकिन नभएको ठकुरीले बताए । नेपाली, इन्डियन र बंगलादेशका गरी ठूलो संख्या कामदारहरु समस्यामा परेर उद्धारको अपिल गरिरहेको उनले बताए ।

आफू समस्यामा परेपछि कुवेतमा रहेको नेपाली दूतावास पुगेर सहयोग माग्दा दूतावासले कम्पनीको कन्ट्याक टुटेर समस्या भएकाले जतिसक्दो चाँडो नेपाल फर्किन सुझाव मात्र दिएको तर, कम्पनी र मेनपावरसँग आफूहरुको उद्धारका लागि कुनै पहल नगरेको पिडितहरुले आरोप लगाएका छन् ।

आफूहरूलाई सकुशल उद्धार गरी स्वदेश फर्कने वातावरण मिलाइदिन उनीहरुले यसै संचारमाध्यममार्फत श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, नेपाली दूतावास लगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

प्राय जसो कुवेत लगायत खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले फोन नउठाउने तथा श्रमिकहरुको गुनासो गर्दा बेवास्ता गर्ने गरेको अधिकाम्स नेपालीहरुले बताउने गरेका छन् ।
यता, दूतावासमा यस बारे पटक पटक बुझ्न खोज्दा सम्पर्कमा हुन् सकेन ।

बिनोद कुवंर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष धिरेन सुवेदीले लामक क्याट्रिंग पछि, यो पुन अर्को दुखद खबर भन्दै कुवेतका अधिक सप्लायर्स कंम्पनीहरुले हाम्रा श्रमिक दाजुभाई दिदीबहिनिहरुलाई श्रम शोषण गर्ने ,ठग्ने, हेप्ने, चेप्ने, कुट्ने गरिरहेको घटनाहरु हामिले दिनहु सुन्ने देख्ने र महशुस गर्ने गरिरहेको बताए ।

नेपालमा एउटा सर्त राखेर एग्रिमेन्ट गराईन्छ तर कुवेत आएपछि यहां पुन अर्को एग्रिमेन्ट गराउँछन्, जुन पहिलो नेपालमा गरेको संग अधिक मेल खाएको हुदैन , जस्तै तलब, काम गर्ने घन्टा, साप्ताहिक छुट्टी , साथै अन्य सेवा सुविधाहरु फरक पार्छन्, एउटै कोठामा ६/७ जना डबल डेक राखी स्वास्थयको ख्याल नै नराखी साघुंरो कोठामा अधिक कामदार कोचेर राख्ने गरेको अध्यक्ष सुवेदीले बताए ।

उनका अनुसार कुवेतमा धेरै कम्पनीहरुले समयमा तलब दिदैनन, यस्ता धेरै सप्लायर्स कंम्पनीहरुले पिडा दिएका कुराहरु हामी माझ दाजुभाई दिदी बहिनिहरुले दिनहुं ल्याई राख्नु हुन्छ। दुतावासबाट पनि मनलागी श्रम स्विकृत नगरियोस्, क्याम घुमेर, बुझेर, सबै हेरेर मात्र डिमान्ड पास गरियोस, पछि कामदार आएपछि पनि बेला बेला क्याम भिजिट गरेर कामदारहरुसंग भेटेर सोध पुछ गर्ने कार्य निरन्तर गरियोस् अनिमात्र ति कंम्पनिहरुले हाम्रा दाजुभाई दिदी बहिनिहरुलाई हेप्ने चेप्ने श्रम शोषण गर्ने जस्ता गतिविधि गर्न सक्दैनन । श्रम कुटनिति बलियो बनाईयोस।

प्रतिक्रिया