काठमाडाैं । नेपाल महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनलमा पराजित भएको छ । यो हारसँगै पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने नेपालको सपना अधुरै रह्यो ।
नेपाल सेमिफाइनलनमा थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । खेलमा नेपालको ब्याटिङ कमजोर रह्यो ।
जितका लागि १ सय ६ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रन मात्र बनाउन सक्यो ।
प्रतिक्रिया