‘यहाँ मलाई मारेर फालिदिन्छन् उद्धार गर्नुहोस ’

कुवेतबाट नेपाली चेलीको गुहार

सन्ध्या बिश्वकर्मा

दोहा ।

मारेकी छु अब मैले घर आउने आस

कुन दिनमा आउछ मेरो बकास भित्र लास ।

बाउआमालाई हुने भयो बाचुन्जेल पीर

सम्झिदा नि भएको छ मुटु चीरा चीरा ।।

लोक गायिका कालिका रोक्काले भने जस्तै भएको छ एक नेपाली चेली सन्ध्या बिश्वकर्मालाई । उनी गत २४ अगस्त मा भिजिट भिसामा काठमाडौबाट हिमालय एयरमा दुबइ पठाइयो र पछि २७ अगस्तमा कुवेतको घरेलु कामदारकै भिसामा जजिरा एयरवेजबाट कुवेत पुगेकी थिइन्।

एजेन्ट कमला क्षेत्रीले राम्रो कमाई हुने प्रलोभन देखाएर त्यहाँ पुगेकी उनी अहिले उद्धारको लागि हारगुहार गरिरहेकी छिन् । सामाजिक संजाल फेसबुक मार्फत एक भिडियो सन्देश जारी गर्दै उनले मलाई यहाँ मारेर फालीदीन्छ चाँडो उद्धार गर्न भनेकी छिन् ।

आफ्नो नेपालमा दुई वटा नानीहरु रहेको बताउदै उनले मालिकले दैनिक बाह्र – चौध घण्टा काम मात्र लगाउने गरेको तथा विगत ८ –९ दिन देखि खाना पनि नदिएर भोकभोकै रहेको उनले जारी गरेको भिडियोमा भनिएको छ ।

आफूलाई जसरी भएपनि उद्धार गरेर नेपाल फर्काउन अनुरोध गर्दै उनले नफर्काए मारेर फालिदिन्छन्, मेरो नानीहरुको मुख देख्न पाउदिन भन्दै रुदै उद्धारको सहयोग मागेकी छिन् । उनले उद्धारको अपिल गरेसंगै बिनोद कुवंर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष धिरेन सुवेदीले अहिले यो केसलाई फलो अप गरिरहेको सौर्य दैनिकलाई जानकारी दिए ।

“उनको यहाँ कुवेतमा रहेको एजेन्टसंग पनि कुरा भयो। कमजोरी हाम्रै नानीको रहेछ । उ आफै काम गर्न नसकेको रहेछ। आएको भर्खर १० दिन जति भएछ, भाषा काम खान पिनमा केही नबुझेर बहिनीलाई गार्हो परेको रहेछ, अध्यक्ष सुवेदीले भने; एजेन्टले तेस्तो टर्चर दिने, पिट्ने, कुट्ने केही नगरेको पाईयो। उनको श्रीमान संग पनि कुरा भईरहेको छ।’

नेपालको एजेन्टपनि सम्पर्कमै छ। उसले टिकट गराएर चाडै झिकाउने प्रकियामा छ। त्यो बहिनीको ठाउमा अर्को रिप्लेस गराएर मात्र यताको एजेन्टले छोड्ने सर्त छ। किन भने यताका एजेन्टले सबै लिगल तरीकाले ल्याएको हुन्छ, उनले थपे ।

सुबेदीका अनुसार उनीहरुले त्यो बहिनीलाई ल्याउदा कुवेती ७५० दिनार नेपालको एजेन्टलाई बुझाएको रहेछ कि त्यो पैसा फिर्ता चाहियो कि अर्को रिप्लेसमेन्ट चाहियो भन्छ यताको एजेन्टले । नत्र ६ महिना बिता, अनि आफै टिकट गरेर जा पनि भनेको छ ।

कुरा चलिरहेको छ । आशा छ चाडै नै हुन्छ। नेपालले अरबमा घरेलु कामदार रोकेको छ, श्रमस्वृकित दिएको छैन।उनिहरु गैरकानुनी तरिकाले कुवेत छिर्छन अनि दुख पाउंछन्। कुवेतीका घर घरमा पुगेर यहां कसैले पनि उद्दार गर्न भन्दै उनले यहांको कानुनले त्यो वर्जित गरेको बताए ।

यसमा हाम्रो सरकारको पनि ठुलै कमजोरी छ, किन भने उसले एक तर्फी रोक्यो ति सम्बन्धित देशलाई आफ्ना घरेलु कामदारको लागी भिषा इस्यु नगर भनेर आग्रह गरेन अनि तस्करीको बाटो खुलेको अध्यक्ष सुवेदीकोे भनाइ छ ।

दुईचार पैसा कमाएर जिन्दगीमा दुईचार सुदिन देख्ने लालसाले नेपाली चेलीहरू खाडीमा पुगेका छन् । दलालको फन्दामा परेर उनीहरू सरकारले जान नहुने भनेर तोकेका देश पनि गइरहेका छन् ।

अध्यक्ष सुवेदीका अनुसार घरेलु श्रमिकको समस्या

जुन दिन नेपाल सरकारले विदेश जान चाहने घरेलु कामदारहरुलाई श्रम स्वीकृत दिन छोड्यो त्यो अति राम्रो गर्यो तर अर्को कमजोरी सरकारले गन्तव्य देशका सरकारलाई आफ्ना देशका घरेलु कामदारहरुलाई ति देशमा काम गर्दा तिनलाई पर्न गएको असुविधा र समस्याको कारण देखाई सो देशबाट पनि भिसा दिन बन्द गर्नु भनेर किन आग्राह वा सम्झौता गरेन ?

नेपाल सरकारले आफु खुसी एकतर्फी मात्र बन्द गर्यो जसको कारण कुवेत,साउदी, ओमन बहराईन जस्ता खाडी मुलुकहरुमा मानव तस्करहरुलाई तस्करी गर्ने बाटो खुल्यो । पहिला गाउं घरका सोझा चेलीहरु भारतका कोठीमा बेचिन्थे, अहिले अरबको खाडीमा घरेलु कामदारको रुपमा बेचिन्छन्। एकाफेर होईन बारबार बेचिन्छन।त्यो पनि नेपालकै विमानस्थल भएर। यो जालो सुन तस्करको भन्दा गहिरो छ।अर्को यि सप्लायर्स कंम्पनीमा आउने श्रमिकहरुलाई मेनपावरको लुटतन्त्र बेग्लै छ ।

१२ घण्टा डिउटी गरेर २० हजार नेपाली रुपयाँ कमाउन २–३ लाख तिर्न बाध्य पारिन्छ। सरकारले १० हजारको शुल्क राखे पनि त्यो कुनै मेनवापरले लागु गरेको भेटिदैन । सब देखावटी । यसै महानगरको मेयरले सरकारलाई चोरको संज्ञा दिएको होईन ।

अब कुरा गरौ कुवेतको घरेलु कामदारको बारे।बेरोजगार,गरिवी र अभावले पिल्सिएका चेलीहरुलाई घर घरमा पुगेर कुवेत साउदी ओमन पठाईदिने भनेर नेपाली एजेन्टहरुले आश्वसन देखाउछन र ति देशका एजेन्टमार्फत भिसा मगाउछन्, एउटा कामदार उपलब्ध गराईदिए वापत ति देशका एजेन्टहरुले नेपाली एजेन्टलाई ३ लाख सम्म शुल्क तिर्दा रहेछन् ।

नेपालबाट विना श्रम स्वीकृत काम गर्न विदेश जान त रोकेको छ सरकारले ।यसकारण अध्यागमनले रोक्छ तर भिजिट मा जान श्रम स्वीकृत पर्दैन तेसैले उनिहरुले सजिलै दुवईको भिजिट भिसा निकाल्छन र एक हातमा दुवईको भिजिट भिसा र अर्को हातमा कुवेतको वर्क पर्मिट थमाएर कुवेत ट्रान्जिट बनाई नेपालबाट उडाउछन् ।अध्यगमनले यसको छानविन किन गर्दैन ?

बिना सोधपुक्ष विना आधार ति गरिवीले अनुहार पिल्सेका चेलीहरु दुवई भिजिट भिसामा जान सक्छन् ? पक्कै अध्यगमन भित्र पनि सेटिग हुनुपर्छ। एजेन्टहरुले नेपालको एयरपोर्टमा दुवईको भिजिट भिसा देखाउनु अनि कुवेत पुगेपछि दुवईको भिसा फालेर कुवेतको देखाई बाहिरिनु भनेर सिकाउछन् ।

सोझा चेलीहरु तेही गर्छन । जब कुवेत बाट बाहिर निस्कन्छन यहांका अनुमति प्राप्त स्थानीय एजेन्टहरुले रिसिभ गरेर घरघरमा काममा सप्लाई गर्छन, तिनलाई ८ सय देखि १ हजार केडी सम्ममा विक्री गर्छन् त्यो पनि ३–३ महिना को वारेन्टी दिए र । यदि ३ महीना कामदार टिकेन नेपाल फर्कन चाहे उनीहरुले एजेन्टलाई सो पैसा हर्जना भरेर मात्र घर फिर्ती हुन पाउछन्, नत्र यतै यातना र टचर सहेर बस्नु पर्छ ।

भागेर नै नेपाली दूतावास जान सफल भए भने पनि उनीहरुलाई चोरी र भगौडा केश हालिदिन्छन् , पासपोर्ट दिदैनन्। दूतावासले ट्रभाल डकुमेन्टस् बनाएर पठाउनु पर्छ। यदि केस परेको भए त्यो पनि सजिलै जान पाउदैनन् । हाम्रो तथ्यांक अनुसार कुवेत आएको हप्ता १० दिनमै चेलीहरु आफु फंसेको र उद्दार गरिदिन आग्रह गर्दै आईपुग्नेको संख्या ठूलो रहेको उनले बताए ।

भाषा र कामको ज्ञान हुदैन, अलमल्ल पर्छन,खानपीन र वातवरण मिल्दैन अनि विरामी पर्छन, उपचार पाउदैनन। विरामी शरीर लिएर रुदै दिनको १८–२० घण्टा काममा खट्छन अनि ढाडको समस्या, खुट्टाको समस्या पेटको समस्या देखिन थाल्छ। त्यसपछि सामाजिक संजालमा हारगुहार गर्न थाल्छन्। कति चेलीहरु एजेन्टका कालो कोठामा बन्धक छन्, ढोकामा कुकुर बाँधेर एजेन्टहरु काममा जान्छन्। खबुज र पानीको भरमा दिन काट्ने गरेका छन् ।

प्रतिक्रिया