काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सुरेन्स सातौं वर्षमा प्रवेश गरेको छ । जीवन बिमा कारोबार सुरु गरेको ६ वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनी प्रति विश्वास गरी बिमालेख खरिद गर्ने ७० लाख बिमित, कम्पनीको पहुँचलाई दुर दराजसम्म पु¥र्याउन ठूलो भूमिका खेल्ने रिलायबल एडभाइजर ग्रुप, नियमनकारी निकाय, लगनीकर्ता, कर्मचारी वर्गलगायतलाई धन्यवाद ब्यक्त गरिएको छ ।
हालसम्मको उपलब्धिबाट थप कार्य गर्नको लागि उर्जा प्राप्त भएको उल्लेख गर्दै भविष्यमा अझ ठूलो जिम्मेवारी वहन गर्नको लागि थप प्रेरणा प्राप्त भएको कम्पनीको भनाइ छ । इन्सुरेन्सले समस्त स्टेकहोल्डर्सबाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा लिएको छ । कम्पनीले अगामी दिनमा सेवालाई उच्च प्राथमिकता राखी थप ग्राहक मैत्रीभइ उत्कृष्ठ कारोबार गर्ने प्रतिबद्दता जनाएको छ ।
सो अवसरमा कम्पनीले केन्द्रीय कार्यलय बुटवल र दमक शाखामा रक्तदान, समता गुठीलाई नगद सहयोग, मन्दिर सरसफाइ, विभिन्न वृद्घआश्रममा खाध्य सामग्रीहरु वितरण, स्कुल विद्यालयमा वृक्षारोपण गरी सातै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यगरी वार्षिक उत्सव मनाएको पनि जनाएको छ ।
प्रतिक्रिया