काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत आज हुन गइरहेको नेपाल र भारतको खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।
श्रीलंकामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट रंगशालामा हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीच खेल दिउँसो नेपाली समयअनुसार ३ः१५ बजे हुनेछ । अब केही बेरमा नेपालले भारतविरुद्ध ब्याटिङ गर्दै छ ।
प्रतिक्रिया