एमाले पार्टीमा पुरानै पाराको नोकरसाही जनवाद वा अति नियन्त्रित जनवाद व्याप्त देखिन्छ । पार्टी भित्रै पनि कहाँ बोल्न पाइन्छ र ? पार्टीका कतिपय तहमा दुई वा तीन नेताको मनमोजी भइरहन्छ योग्य स्थानमा अयोग्य मात्र होइन अयोग्यतमलाई स्थान र मान दिइन्छ । गैरकम्युनिस्ट पार्टीबाट प्रवेश गरेकालाई लिस्नु लगाएर बुइँगलमा पु¥याइन्छ । तिनलाई दुर्वै हातमा लड्डु ।
जननेता मदन भण्डारीले कम्युनिस्ट आन्दोलनका क्रममा स्थापित रुढीग्रस्त कतिपय विचार, धारणा र मान्यताहरू तोडिदिनु भयो । उहाँले पाँचौ राष्ट्रिय महाधिवेशन पहिले झैँ गोप्यतम र गुपचुपमा गर्ने परिपार्टीलाई भत्काउनु भएको थियो । महाधिवेशनको पूर्व तयारी पूर्वाञ्चलमा विराटनगर सहित अरु क्षेत्रहरूमा अगुवा नेता र कार्यकर्ताका बीच पार्टीको सैद्धान्तिक ख्ुल्ला बहस सञ्चालन गर्नु भयो ।, उहाँले जनताको पार्टी भएको नाताले यस पार्टीले देश र जनसरोकार र हितमा तर्जुमा गर्ने नीति सिद्धान्त जनताले थाहा नै नपाउने गरी गनुृ हुन्न भन्नु भयो । विश्व कम्युनिस्ट आन्दोलनमा यसरी सैद्धान्तिक खुला बहस पहिलो पटक पूर्वमालेले मात्र गरेको थियो ।
विश्वव्यापी रुपमा प्रतिक्रियावादीहरूबाट कम्युनिस्ट नेता र समग्र आन्दोलनलाई भौतिक क्षतविक्षत पारेको घटनाबाट नेपाली नेताहरू त्रसित मानसिकतामा थिए । यसले गर्दा केही अगुवा नेताहरू पार्टीलाई भूमिगत राख्नु पर्ने सोच राख्थे । तिनीहरू मोर्चा मार्फत सरकार सञ्चालन गर्नुपर्छ भनेर जिद गर्थे, तर मदनले यस खालका जड सोचलाई वास्तै गर्नु भएन र देशव्यापी दौडाहा गरेर र पार्टीलाई सैद्धान्तिक र सांगठनिक रुपमा व्यापक रुपमा विस्तारित गर्नु भयो । जनताको शक्ति तागत र उभारबाट प्रतिक्रियावादी शक्तिहरूलाई हच्काउन सकिने कुरामा उहाँ दृढ विश्वस्त हुनुहुन्थ्यो र परिणामले यही कुरा सिद्ध भयो । विगत इतिहासलाई शिक्षाका रुपमा लिँदै सिर्जनात्मक रुपमा आन्दोलनलाई गति दिनु पर्छ । जडताका पछि लागेर र त्यसका पछि घिसारिएर जबज अनुसार पार्टी चलायमान हुँदैन, । मौकाको भरपूर सदुपयोग नगरी पञ्चमीको पाइला जस्तो घिसारिएर पार्टी सुदृढ हुनसक्तैन । सुस्त र शिथिल मुटुले अङ्ग प्रत्यङ्गमा रक्त प्रवाह गर्नै सक्तैन ।
मदनले कम्युनिस्ट पार्टी जस्तो अत्यन्त लोकतान्त्रिक पार्टीले आफूलाई अधिनायकवादी भन्न सुहाउँदैन भन्ने कुरा स्थापित गरिदिनु भयो । उहाँले अधिनायकत्व राज्य मूलभूत चरित्र हो भन्ने तर्कपूर्वक प्रमाणित गरिदिनु भयो । यसैगरी मदनले आन्दोलन,संघर्ष वा वर्ग संघर्षलाई कुरूपता र क्रूरताको विरोध गर्नुभयो र सकेसम्म मदनले परिवर्तन वा क्रान्तिमा पनि कलात्मक हस्तक्षेपलाई प्राथमिता दिने स्थापित गरिदिनु भयो । तर व्यवहारमा भने रुढता अझै व्याप्त पाइन्छ । मदनले स्वस्थ र मर्यादित आलोचनात्मक चेतलाई स्वागत गर्नुभयो । यसैले उहाँले जबजमा प्राज्ञिक स्वतन्त्रताको पक्षपोषण गर्नु भएको छ । अर्थात् पार्टीको नीति सिद्धान्त र यसका आदर्शहरूलाई शीर्षस्थ स्थानमा राखेर नेता र नेतृत्वका विसङ्गति विरुद्ध अनुशासनको सीमा भित्र रहेर लेख रचना मार्फत् प्राज्ञिक रूपमा स्वस्थ्य आलोचना गर्न पाइन्छ भन्नु हो ।
तर एमाले पार्टीमा पुरानै पाराको नोकरसाही जनवाद वा अति नियन्त्रित जनवाद व्याप्त देखिन्छ । पार्टी भित्रै पनि कहाँ बोल्न पाइन्छ र ? पार्टीका कतिपय तहमा दुई वा तीन नेताको मनमोजी भइरहन्छ योग्य स्थानमा अयोग्य मात्र होइन अयोग्यतमलाईं स्थान र मान दिइन्छ । गैरकम्युनिस्ट पार्टीबाट प्रवेश गरेकालाई लिस्नु लगाएर बुइँगलमा पु¥याइन्छ । तिनलाई दुर्वै हातमा लड्डु । पार्टी भित्र नै बोल्न सुझाव दिन पाइन्न र बोल्यो भने उसको राजनीति नै समाप्त पारिदिन्छु भन्ने टोप र टोपा यस लेखकले आफ्नै नगर र जिल्लामा देखे भेटेको छ ।
मोर्चा संगठनको बेहाल शीर्षक मात्र पढेर यस लेखकसित आक्रोषित हुने र दागा धर्ने नेता फेला पारेको छु । आक्रामक शीर्षक राखेर पनि अन्तर्यमा सन्तुलित र स्वस्थ्य धारणा राखेको हुन्छ भन्ने सम्मको ज्ञान नेतामा नहुनु दुर्भाग्य हो । पार्टीको सर्वापरि हितका लागि पार्टीभित्रै पनि सुझाव,र सल्लाहसम्म सुन्न नसक्ने र नदिने रोग व्याप्त छ । कोसी प्रदेशको विस्तारित बैठकमा मोरङ जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य ऋषिकेश पोखरेलले बोल्दा बीचैमा अवरोध गर्ने दुश्चेष्टा गरियो । पोखरेलले बोल्दै गर्दा बीचमै तत्कालीन प्रदेश इन्चार्ज गौतमले रोक्ने चेष्टा गरे । यसलाई प्रतिनिधि उदाहरण मान्ने हो भने यस्तोे रबैया सबैतिर हुनुपर्छ र छ किनभने यस्तै कठमुल्लावादी सिकाइ सर्वत्र विद्यमान छ । महान् नेताले गल्ती नै गर्दैनन् भन्ने हुँदैन । महान् नेताका वरपरका मानिसका कारण पनि पार्टी, नेता र कार्यकर्ताले ठूलो क्षति व्यहार्नु पर्छ । महान् नेता माओका कारण आधुनिक र समृद्ध चीनका निर्माता तेङ सिआओ पेङ निर्वासित हुनु प¥यो । उहाँ सहित उहाँको परिवारले लालसेनाको घोर दवाव,दमन र चरम उपेक्षा व्यहोर्नु प¥यो । यह िपीडा सहन नसकेर तेङ्का जेठा छोरा आत्महत्या गर्न विवश भएका थिए ।
मान्छेलाई पशुजस्तो सदा मित्र बस्न उसको उच्च चेतनाले नै दिँदैन । आफैँ जिम्मेवार नभई मातहत नेता र कार्यकर्ताबाट जिम्मेवारीको आशा गर्नु बेकार छ । जनताको घाँटी थिचेर राणा शासन चल्यो होला । बन्दकोठामा राखेर चुट्न खोजे विरोलोले चिथोर्छ । यही लेखकले अध्यक्षीय प्रणाली पक्षधरलाई एक भाते मुद्दा व्यहोर्नु प¥यो । तत्कालीन कोसी अञ्चल इन्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्य र उपस्थितिमा पटकपटक अशिष्ट र अमर्यादित वचन यस लेखकले भोगेको छ । यसका प्रत्यक्ष साक्षी प्रेम अधिकारी हुन् । मोरङका ढकालथरि नेताले पार्टीलाई सुझाव दिँदा उल्टो अशिष्ट बचन लगाएका छन् । पश्चिमका साही थरि कार्यकर्ताप्रति न्याय नभएको कुरा गरियो तर अहिले सभासद् भएका तिनी तोलाको बोली भैँमा खस्लाझैँ गर्दा रहेछन् । रोग निको भए यो दवाइ रुपी लेख नाम नामेसी सहित लेखिने पनि थिएन ।
मदनले जनताको मन जितेर राजनीति र राजकीय नेतृत्व हासिल गर्नु पर्छ भन्नु भएको छ । यसको अर्थ आर्थिक, नैतिक इमान्दारिताका साथ काम गरेर जनमैत्री र कार्यकर्ता मैत्री भावनाका साथ काम गर्ने कुरालाई प्राथमिता दिएको हो । त्यसैले ठस्के र छेस्के व्यवहार नेतालाई सुहाउँदैन । राम्रा काम र राम्रा बेहोराले मात्र जनता नजिक हुन्छन् र गर्न चाहँदा कम्युनिस्टहरूले नै गर्छन् भन्न्ो बलियो उदाहरण चीन नै हो र यसको संकेत एमालेले प्रदान गरेको छ । तर मदन भण्डारीको रापताप रहुन्जेल गर्नु मात्र गर्नु होइन । पछिसम्म राम्रा काम गरेर त्यसका प्रभावमा राज्यसत्ता हात पार्नु हो ।
जननेता मदन अहिले भएको भए उहाँले पार्टीमा व्याप्त नातावाद र अवसरवादलाई पन्पिन दिनु हुने थिएन । उहाँले नेता र तिनका परिवार केन्द्रित होइन, पार्टी नीति, सिद्धान्त र आदर्श केन्द्रित पार्टी निर्माण गर्नु हुन्थ्यो । उहाँले एक्लो महान् बन्ने भन्दा पार्टीलाई प्रतिभाको फूलबारी बनाउनु हुन्थ्यो ।
मदनले सांस्कृतिक रूपान्तरणलाई प्राथमिकतामा राख्नु हुन्थ्यो । किनकि मनको मैलो धुने साबुन प्रगतिशील तथा देशभक्त कला,साहित्य, संगीत र शिक्षा हो भन्ने उहाँले राम्ररी बुझ्नु भएको थियो । उहाँले नेताले अस्वाभाविक रुपमा अनियन्त्रित धनसम्पत्ति जागाड गर्ने कुरालाई नियन्त्रित गर्नुहुन्थो । चिनियाँ राष्ट्रपतिले धन सम्पत्तिमा अपहत्ते गरेर लाग्नेलाई पार्टी छाड्न र पार्टी प्रवेश नगर्न सुझाएजस्तै मदनले पनि गर्नु हुन्थ्यो । आर्थिक नैतिक रुपमा भ्रष्टहरू पार्टीमा खुरुखुरु लिस्नो लगाएर माथि चढाइँदैन थियो । उहाँले पार्टी संगठनलाई चुुस्त दुरुस्त , प्रभावकारी र देश व्यापी बनाउन्ु हुन्थ्यो । अनु्शासन विपरीतका तमाम गतिविधि निस्तेज पार्न सक्रिय हुनुहुन्थ्यो कतिपय उपल्लै तहका नेतालाई उहाँले कार्यवाही गर्ने पूर्व उद्घोष गरेझैँ गर्नुहुन्थ्यो र माले माक्र्सवादी एकता विरोधीहरू तह लाग्ने गरी काम गर्नु हुन्थ्यो । मदनले अग्रज कम्युनिस्ट र अनुज कम्युनिस्टप्रति पर्याप्त आदरभाव र आत्मीय भाव राख्नु हुन्थ्यो । मदन घाम हुनुहुन्थ्यो, त्यसैले अन्धकारको कुनै गुन्जायस हुने थिएन । किनकि मदन आफू दस विशेषतायुक्त हुन चाहनुहुन्थ्यो ।
मदन स्वस्थ्य आलोचना सुन्नु र स्वीकार्नु हुन्थ्यो । उहाँ भएको भए जबजको बहुआयाम व्यवहारमा परिणत हुन्थ्यो र यो सिद्धान्त विश्वव्यापी चर्चामा पुग्थ्यो । मदन भएको भए पार्टी मात्रात्मक चरणमा मात्र अल्झिँदैनथ्यो । यो गुणात्मक रूपान्तरणको मध्य चरणमा प्रवेश गथ्र्यो । त्यसैले जबज अनुसार हुबहु पार्टी चल्ने हो पार्टीमा अझै विद्यमान तमाम जडता तोड्नै पर्छ, तब मात्र पार्टी गुणात्मक दिशातिर उन्मुख हुनेछ । अहिले कोसी लगायत प्रदेश अधिवेशन हुन लागिरहेको देखिन्छ । अध्यक्ष ओलीले भनेझैँ सदा दिन नित्यकर्म मात्र गरेर पार्टी काम भयो भन्न मिल्दैन । कोसीमा यस्तै पारा विद्यमान छ । अब के कस्तो हुन्छ खाइ पत्याउनु पर्ने अवस्था छ । प्रमख नेता अहिले जस्तै बहु आयामिक, सिर्जनात्मक र चुस्त भएन भने संगठन अरू चार वर्ष थला पर्ने निश्चित छ ।
प्रतिक्रिया