नेप्सेमा २८ अंकको गिरावाट

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार घटेको छ । सोमबार सामान्य अंकले घेटेको नेप्से आज २८.४० अंकले घटेर २०१९.८५ को विन्दुमा झरेको छ ।

आज कारोबार रकम पनि घटेको छ । आज २६५ धितोपत्रको ४८ लाख ६० हजार ७४१ किक्ता सेयर एक अर्ब ७३ करोड ७० लाख १४ लाख ४९९ रुपैयाँमा किनबेच भएको छ । अघिल्लो दिन दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँको कारोबार भएको थियो ।

आज सेन्सेटिभ इन्डेक्स पनि १.२४ प्रतिशतले घटेर ३८५.५६ को विन्दुमा झरेको छ ।

यसदिन १३ वटा उपसमूहको समूहगत सूचक घटेको छ । सबैभन्दा धेरै ट्रेडिङ समूहका लगानीकर्ता सर्वाधिक गुमाएका छन् । उक्त उपसमूहको समूहगत सूचक २.७० प्रतिशतले घटेको छ ।

आज स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशत र नेपाल रिपब्लिक मिडियाको ९.९७ प्रतिशतले बढको छ । १०.२५ प्रतिशत ग्लोबल आईएमई बैंक लि डिभेन्चर २०८०/८१ को सेयर मूल्य सर्वाधिक नौ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया