महासागर जापानको निजी ढल होइन : चीन

चीन । चीनले समुद्र र महासागर जापानका निजी ढल नभई मानवजातिको साझा सम्पत्ति हुन् भन्दै आणविक केन्द्रको प्रदूषित पानी समुद्रमा विसर्जन गर्नु टोकियोको ‘अत्यधिक स्वार्थी र गैरजिम्मेवारपूर्ण काम’ भएको टिप्पणी गरेको छ ।

महासागर र समुद्रमा ‘रेडियोएक्टिभ’ तत्वले प्रदूषित पानी बिसर्जन गर्ने जापानको गैरजिम्मेवारीपूर्ण कामबारे बेइजिङमा बुधबार भएको नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले उक्त टिप्पणी गरेका हुन् ।

जापान सरकारले फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रबाट निष्कने प्रदूषित पानी हानिरहित भएको दाबी गर्दै त्यसलाई समुद्रमा विसर्जन गर्नु न्यायोचित भएको गर्दै त्यसलाई एकमात्र विकल्प भन्दै आएको छ तर तथ्यहरूले अन्यथा प्रमाणित गरेको उनले बताए ।

जापानी मिडियाका अनुसार टोकियो इलेक्ट्रिक पावर कम्पनीद्वारा हालै जारी गरिएको एक प्रतिवेदनमा फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रबाट निष्काशन हुनने पानी जापानको खाद्य सुरक्षा कानुनमा तोकिएकोस्तरभन्दा अधिक रहेको उल्लेख छ ।

प्रतिक्रिया