भारतमा मन्त्री चढेको विमान आकस्मिक अवतरण

नयाँ दिल्ली । भारतको पेट्रोलियम राज्यमन्त्रीलाई लैजाँदै गरेको इन्डिगो विमानको इन्जिन खराब भएको छ । आइतबार डिब्रुगढ जाँदै गरेको इन्डिगो विमानका इन्जिनमा खराबी आएपछि यसलाई अचानक गुवाहाटीको गोपीनाथ बोरदोलोई इन्टरनेशनल विमानस्थलतर्फ मोडियो । त्यहाँ केही बेरपछि यसको आकस्मिक अवतरण गराउनुप¥यो ।


विमानमा पेट्रोलियम राज्यमन्त्री रामेश्वर तेली र भाजपाका दुई विधायक प्रशान्त फुकन र तेराश गोवालासमेत १५० यात्री सवार थिए । समाचार एजेन्सी एएनआईका अनुसार विमान गुवाहाटी विमानस्थलतर्फ मोडिनु अघि हावामा १५ देखि २० मिनेटसम्म घुमेको थियो । पेट्रोलियम राज्य मन्त्री तथा भाजपाका दुवै विधायकले विमानमा सबै यात्री सुरक्षित भएको बताए ।

प्रतिक्रिया