प्रमाणीकरण भएकाे नागरिकता विधेयक राजपत्रमा प्रकाशित (पूर्णपाठ)

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन गरिएको छ । राजपत्रमा प्रकाशित नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको ऐनमा बाबु वा आमा पत्ता नलागेका बालबालिकालाई १६ वर्ष उमेर पूरा गरेपछि वंशजका आधारमा नागरिकता दिने व्यवस्था छ ।

यस्तै २०७२ असोज ३ भन्दा अघि जन्मका आधारमा नेपाली नागरिकता लिएका बाबुआमाका सन्तानले १६ वर्ष उमेर पूरा भएपछि वंशजका आधारमा नागरिकता पाउने व्यवस्था नयाँ ऐनमा छ ।

यसैगरी विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले पनि नेपाली नागरिकता लिने बेला निजका आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नेपालको नागरिकता पाउनेछ ।

प्रतिक्रिया