टर्कीको राष्ट्रपतिमा पुनः एर्दोगान निर्वाचित

काठमाडौं । टर्कीको राष्ट्रपतिमा पुनः रेसेप तैयप एर्दोगान निर्वाचित भएका छन् ।राष्ट्रपतिका लागि आइतबार भएको चुनावमा विजयी हासिल गर्दै पुनः पाँच वर्षका लागि आफ्नो कार्यकाल सुनिश्चित गरेका हुन् । दोस्रो चरणको चुनावमा एर्दोगानले आफ्ना प्रतिद्धन्द्धी केमाल किलिचदारोग्लुलाई हराउँदै जित हात पारेका हुन् ।

जित पछि एर्दोगानले साढे आठ करोड देशवासीले जितेको भन्दै राजधानी अंकरामा खुसी मनाएका छन् । तर, उनका प्रतिद्धन्द्धी विपक्षी गठबन्धनका नेता किलिचदारोग्लुले भने स्पष्टरूपमा जित स्वीकारेका छैनन् । राष्ट्रपति एर्दोगानले करिब ५२ प्रतिशत र किलिचदारोग्लुले करिब ४७ प्रतिशत मत पाएका छन् ।

प्रतिक्रिया