पशुपतिनाथको उत्पत्ती

नेपाल महात्म्य–१

मोहनप्रसाद सापकोटा

अलि अग्लो स्थानमा रहेको समथर जमिनलाई स्थली वा थली भनिन्छ । मृग घुम्ने यस्तो जग्गालाई मृगस्थली भनिन्छ । पशपुति र गुह्येश्वरीको बीचमा रहेको डाँडामाथि जुन समथर भाग छ मृगस्थली त्यही हो । अहिलेसम्म ठाउँ जति मानिसले ओगटेर भिरलाई बारबारी मृग पाल्दै त्यसैलाई मृगस्थली बनाइएको छ । किरातेश्वर उत्पत्तिको कथा भने स्वस्थानीको कथामा बताइएको कथासँग नै मिल्दोजुल्दो पाइन्छ । अहिलेके गुह्येश्वरीको मूल मन्दिर र यसको पश्चिम–उत्तर भागमा नजिकै रहको गुह्येश्वर रहेको स्थानमा पहिले स–साना कुण्ड थिए होलान् । त्यसैले पनि नेपाल राज्यको इतिहासमा गुह्येश्वर रहेको स्थान नै पशुकुुण्ड हो भनिएको पाइन्छ ।

आफ्ना कुरा

म संस्कृतको विज्ञ होइन । श्रद्धेय गुरु योगी नरहरिनाथ, श्रद्धेय गुरु प्राडा वेणीमाधव ढकाल आदि महानुभावबाट हिमवत्खण्ड तथा नेपालमाहात्म्यको अनुवाद भइसकेको छ । यो पुस्तक खासगरी भारतवाट प्रकाशन भएका नेपालमाहात्म्यका विभिन्न पुस्तकको सहयोगमा तयार पारिएको हो । योगी नरहरिनाथज्यूले लख्ेनुभएको हिमवत्खण्ड अन्तर्गतको नेपालमाहात्म्यसँग यो नेपालमाहात्म्य मेल खाँदैन । यो कुरा डा.ढकालज्यूले पनि आफ्नो हिमवत्खण्डको परिशिष्ठमा बताउनुभएको छ । यस पुस्तकमार्फत नेपालीलाई नयाँ कुरा केही दिन सकँे ंअथवा सकिनँ त्यो पाठक तथा विद्वान वर्गले मूल्यांकन गर्ने विषय हो । यस पुस्तकमा उल्लिखित स्थान, मन्दिर तीर्थ आदिलाई प्रष्ट पार्न विभिन्न स्रोतबाट संकलन गरी सम्भव भएसम्मका पुराना तस्बिरहरू समेत राखिएका छन् । सबैसँग तस्बिर राख्ने अनुमति लिन सम्भव हुने देखिएन । सकिन्छ यही अनुरोधलाई अनुमतिका रूपमा ग्रहण गरीदिनुहोला । तर, सबै तस्बिरका स्रोत खुलाइएका छन् । कसैले चित्त दुखाए आगामी संस्करणमा ती तस्बिर यस पुस्तकबाट हटाइनेछन् । सुरुमा यो पुस्तकलाई जस्तो बनाउँदछु भन्ने सोचेको थिएँ, त्यस्तो बनाउन सकिनँ । तैपनि यो पुस्तकले श्रद्धेय गुरुजनको प्रयासलाई केही भए पनि टेवा दिनेछ र अज्ञानताबाट केही हदसम्म ज्ञानतिर नेपालीलाई लैजानेछ भन्ने आशा गरेको छु । मलाई प्रसिद्धि वा नाफा कमाउनु छैन । हावामा कुदिरहेको समाजलाई सलाई कोरेर उज्यालो देखाउने प्रयाश मात्र गरेको हुँ ।

यो पुराण मात्र नभई एक पौराणिक इतिहास पनि हो । विविध कारणले यसमा उल्लिखित अनेक स्थानका बारेमा अहिले यसै भन्न सकिने अवस्था रहेन । तैपनि जोजसले मेरो अनुरोधलाई स्वीकार गरी जानकारी र तस्बिर पठाई मलाई सहयोग गर्नुभयो, उहाँहरू सबैलाई तथा विभिन्न देशी, विदेशी संस्थालाई समेत तस्बिरका लागि धन्यवाद दिन चाहान्छु । हामी हाम्रो इतिहासलाई कुनै विदेशीले खोजेर प्रमाणित गरिदेओस् भनी चाहन्छौँ । यसरी हामी कसैको पनि इतिहास जोगिन्न । हामी आपैmँ सक्षम बन्नुपर्दछ । यो पुस्तकले इतिहासप्रेमीलाई पनि केही ज्ञान दिनेछ भन्ने विश्वास लिएको छु । इतिहासमा जबसम्म प्रमाण प्रतिस्थापन हुँदैन तबसम्म हामीसँग जे छ त्यसैलाई प्रमाण मान्नुपर्दछ । हामीलाई नक्कली प्रमाण बनाइरहन जरुरी छैन । भएका कुरा जोगाउन सके, उत्खनन् गर्न सके त्यही नै पर्याप्त हुन्छ । धार्मिक पर्यटन प्रवर्धन गर्नसमेत यो पुस्तकले सहयोग गर्नेछ भन्ने विश्वास लिएको छु ।
अनुवादमा आफ्नो पन घुसाउन पाइँदैन । तर, मैले यस पुस्तकमा आफ्नो पन पनि ठाउँठाउँमा घुसाएको छु । यसैले मैले आपूmलाई भावानुवादक भनेको हुँ ।

ग्रन्थको भावानुवाद गर्ने व्रmममा मैलेँ गोपाल वंशावली, स्वयम्भूपुराण, नेपाल राज्यको इतिहास, राजवंशावली, राजभोगमाला वंशावली, प्राडा वेणीमाधव ढकालज्यूको हिमवत्खण्ड आदि ग्रन्थको सहयोग लिएको छु ।
अन्त्यमा, जानी नजानी भएका भूलहरू औँल्याई आगामी दिनमा सुध्रन हौसला प्रदान गर्नु हुने नै छ भन्ने विश्वास लिएर यो दुई शब्द यहीँ टुंग्याउँदछु । देवभूमिमा बसोबास गर्ने सबैको कल्याण होस् ।

पशुपतिनाथको उत्पत्ती

नरोत्तम भगवान् श्रीनारायण र श्रीनरलाई अनि देवी श्रीसरस्वतीलाई पनि नमस्कार गरी त्यसपछि ‘जय ग्रन्थ’ पढोस् वा उच्चारण गरोस् । नोट ः अठार पुराण, भगवान् रामचन्द्रको पूण्यदायक चरित्र अर्थात् रामायण, वैष्णव र शैव सम्प्रदायका धर्म, वेदव्यासले लेखेको पाँचौँ वेद अर्थात् महाभारत तथा नारद मुनिले बताएका श्रौत धर्म ः यिनलाई विद्वानहरू ‘जय’ नामले सम्बोधन गर्ने गर्दछन् । नर र नारायणको उत्पत्तिका विषयमा पनि पुराणहरूमा केही फरक विवरण पाइन्छ । जस्तैः (क) धर्मबाट दक्षप्रजापतिकी छोरी मूर्तिको गर्भबाट जन्माइएका विष्णुरूपका ऋषिहरूको अवतार । (ख) हिरण्यकशिपुलाई मारेपछि जति स्तुति गरे पनि शान्त नभएको नारायणको नृसिंह रूप शान्त पार्न भगवान् शिवले लिनुभएको शरभको रूपले नृसिंहको रूपलाई कमरबाट दुई टुक्रा बनायो । यसपछि नरभागबाट नर र सिंहको भागबाट नारायणको उत्पत्ति भयो । उत्पत्ति प्रसंग फरक भए पनि उत्पत्तिको प्रयोजनमा भने समानता छ । यी सृष्टिका लागि उत्पन्न भएका थिए ।

सूत मुनि भन्नुहुन्छ, ‘राजा जनमेजयले यज्ञ गरेपछि जम्मा भएका ब्रम्हवादी मुनिहरूले लगातार पुराणका कथा भन्न थाले । यसै क्रममा मुनिहरूका बीचमा रहेका महातेजस्वी जैमिनि मुनिले तेज एवं ज्ञानमा खानी समानका महात्मा मार्कण्डेय मुनिसँग (यो कुरा) जिज्ञासा राख्नुभयो ।’

जैमिनि भन्नुहुन्छ, ‘हे भगवान् ! हे सबै धर्मका ज्ञाता ! हे भूत, वर्तमान र भविष्यका ज्ञाता ! हे मुनिश्वर ! हजुरबाट फलदायी (अन्य) सबै तीर्थहरूको बारेमा सुन्यौँ अब भोग र मोक्ष दिने नेपालका महातीर्थहरूका बारेमा ती तीर्थ के कस्ता हुन् भनी सुन्न मेरो मन उत्सुक छ, मलाई बताउनुहोस् ।’

मार्कण्डेय भन्नु हुन्छ, ‘नेपालतीर्थको माहात्म्य सावधान भई आनन्दले सुन्नुहोस् । यो पीठहरूमध्येको श्रेष्ठ पीठ र तीर्थहरूमध्येको उत्तम तीर्थ हो । नोट ः यस पुराणमा वर्णन भएका स्थानहरूको वर्णन हेर्दा नेपाल भन्नाले काठमाडांै उपत्यका तथा काभ्रे सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, नुवाकोट, धादिङ र मकवानपुरको केही भागलाई समेटेर बनेको क्षेत्र देखिन्छ । नेपालको पचीन सीमाका बारेमा थपघट भइरहने गरेको पाइन्छ । बृहस्पति सूत्रमा नेपाल एक सय चार योजन (१२४८ – १५६० कि.मि.) को छ भनिएको पाइन्छ । काठमाडौं उपत्यकाको वर्तमान क्षेत्रफल टटछ व.कि.मि. रहेबाट पनि तत्कालीन नेपालको सीमाका बारेमा केही अनुमान लगाउन सकिन्छ । पीठको अर्थ सती देवीको अंग पतन भएर उत्पन्न भएको शक्तिशाली तीर्थस्थल भन्ने बुझिन्छ ।

नेपालतीर्थको पुरानो नाम श्लेष्मान्तक वन थियो र साल नरिवल, तमाल र साना नरिवलका वृक्षहरूले त्यो वन भरिभराउ थियो । खयर, सुन्तला र बिमिरोका वृक्षले भरिएको थियो । अनेक झरना र अनेक थरी चराका सामूहिक आवाजले त्यो वन गुञ्जिने गर्दथ्यो । बाग्मती नदीको किनारमा रहेको सर्वत्र पूmल फुलिरहेको यस्तो श्लेष्मान्तक वनलाई देखरे हे मुनिश्रेष्ठ ! पार्वतीसहित शंकर सन्तुष्ठ हुनुभयो र अतुलनीय प्रीति (आनन्द) प्राप्त गर्नुभयो । अनि काशी तथा अति रमणीय कैलास पर्वतलाई छाडी पार्वतीसहित भगवान् रुद्र सेवकले नदेख्ने गरी हरिण(मृग)को रूप धारणगरी उक्त श्लेष्मान्तक वनमा जानुभयो । मृगरूपी भगवान् शिव मृगरूपी भगवान् शिव पार्वतीसँग उक्त वनमा रमाएर घुमफिर गर्न थाल्नुभयो । श्लेष्मान्तक वनमा पार्वतीसहित भगवान् शिव गएपछि अदृश्य हुनुभएका भगवान् शिवका कारण सारा संसार आत्तिन थाल्यो । अनि नारद आदि मुनिसहित ब्रम्हा आदि गरिएका सबै देवता भगवान् शिवलाई खोज्न भनी तीनै लोकमा घुम्न लागे । तिनले सहर, गाउँ, वन, नदी, उपवन तथा सारा पर्वत (चहारे) तर शिव भगवान्लाई देखेनन् । खोज्दा खोज्दा थाकेर पर्वतराज हिमालय (शंखृला)को काखमा रहेको, सुन्दर श्लेष्मान्तक वनमा मुिनगण सहितका देवताहरू शिवमा अर्पित मन लिएर पुगे ।

नोट ः प्राचीन कालमा काठमाडौं उपत्यकामा घना जंगल थियो । वरिपरि रहेका डाँडाका केही भागमा मात्र मानिसहरूको बसोबास हुने गर्दथ्यो । गोपाल वंशावलीमा लेखिएको ‘…महारन्यभूतेभूमण्डले…(ठूलो जंगल भएको भूभागमा)’ भन्ने वाक्यांशले पनि यसको पुष्टि गर्दछ । घना जंगल भएपछि माथिको वर्णनमा कुनै अतिशयोक्ति देखिने कुरा पनि आएन । ‘श्लेष्मान्तक’ को अर्थ लप्सी हुन्छ । लप्सीका रूख बढी भएका कारण त्यसबेला पशुपति मन्दिरको वरिपरिको जंगललाई श्लेष्मान्तक वन भनिएको हनुुपर्दछ । तर, माथि वनको वर्णन गर्दा अरू फलफूलको नाम दिएर लप्सीकै नाम किन राखिएन, त्यो भने विचारणीय छ ।

त्यहाँ एक सिङ, तीन आँखा र पुष्ट अंग भएका अति सुन्दर मृगरूपी शिव र मृगिणीरूपी पार्वतीलाई मृगको बथानमा सबैले अचम्मसँग देखे । त्यसपछि सबै देवताहरू खुसी भई अनेक स्तोत्रले स्तुति गर्न लागे । हे तपोधन (जैमिनि) ! तै पनि शिवले मृगरूपलाई त्याग्नु भएन । हे जैमिनि ! तब इन्द्र, विष्णु र ब्रम्हाले सल्लाह गरेकी ‘हामी यो मृगको सिङमा समातेर यसलाई नियन्त्रणमा लिउँ ।’ यस्तो विचार गरी ब्रम्हा, विष्णु र इन्द्रले बलपूर्वक उक्त मृगरूपी शिवको सिङ हातले समाते । सिङ समातिएपछि मृगरूपी शिव तुरुन्त बुर्लुक्क उफ्रनुभयो र समातिएको सिङ चार टुक्रा हुन पुग्यो । महारुद्र भने अलप भई नदी तरेर पारी गई सुन्दर बाग्मती नदीको किनारमा पशुपतिका नामले रहनुभयो । त्यसपछि ब्रम्हा आदिले हात जोडेर भगवान् रुद्रलाई यसो भन्न लागे । ‘हे महारुद्र ! काशी वा मनोहर कैलासमा हिँड्नुहोस् । हजुर नभएर यो सारा जगत शून्य र चराचर सबै खल्लो भइरहेछ’ यो कुरा सनुेर भगवान् शिवले देवताहरूलाई भन्नुभयो, ‘म यो रमणीय वनमा नै बस्दछ,ु अन्त कतै जान्न । म श्लेष्मान्तक वनमा पशुरूप लिएर बसेको छु, त्यसैले यो लोकमा मेरो नाम ‘पशुपति’ हुनेछ । जो देवता वा मानिस पथ्ृवीमा मेरो अर्थात् पशपुतिको दर्शन गर्दछन् तिनको मेरा कृपाले पशुजुनीमा जन्म हनुेछैन ।

सुन्दर मृगेन्द्रशिखर शिवपुरीबाट मेरो हाँसोका कारण उत्पन्न भएकी बाग्मती नदीलाई जसले दर्शन गर्दछन् ती पुण्यशाली हुन्छन् । मृगेन्द्रशिखरमा गई जसले बाग्मतीको जल पिई मेरो अर्थात् पशुपतिको दर्शन गर्दछन्, हे द्विज ! ती पशुजुनीमा पर्दैनन् । नोट ः मृगेन्द्रको अर्थ सिंह हुन्छ । भगवान् विष्णुले नृसिंहको रूप लिई हिरण्यकशिपुलााई मारेपछि यही पर्वतमा आएर बसेको वा शिव भगवान्को शरभ रूपले उन्मत्त नृसिंहलाई बोकेर लेराई यहाँ राखेको जस्ता कथाहरू पाइन्छन् । यसैले यो पहाडको नाम मृगेन्द्रशिखर रहन गयो । काठमाडौंको उत्तरपूर्वमा रहेको यो पहाडलाई आजकल शिवपुरी भनिन्छ । राजभोगमाला वंशावली, नेपाल राज्यको इतिहास आदि पस्ुतकले पनि शिवपरुी नै मृगेन्द्रशिखर हो भनी उल्लेख गरेका छन् । वाग्वतीको उत्पत्तिका बारेमा स्कन्दपुराणकै हिमवत्खण्डमा लेखिएको कथा यस प्रकार छ । पल्हादका रक्षाका लागि नृसिंह रूप धारण गरी हिरण्यकशिपुलाई मारेर थकित भएका भगवान् विष्णु आराम गर्न हिमालयतिर गई सिंहको रूप लिएर रहेका थिए ।

नृसिंहलाई खोज्दै प्रल्हाद पनि पछिपछि गएका थिए । जब उनलाई भेट्टाएनन् तब त्यहीँ बसेर एक हजार वर्षसम्म कठीन तपस्या गरे । प्रल्हादको तपस्या देखेर भगवान् शंकरसमेत प्रसन्न भई जोरले खित्का छोडेर हाँस्नुभयो । उहाँको त्यो हँसाइले हिमालयको गुफाबाट फिँज, तरंग र मालालेसहित पूण्यजल भएकी निर्मल बागमती नदी निक्लिन् । त्यसपछि महादेवले प्रल्हादलाई भन्नुभयो, ‘हे दैत्येन्द्र ! मेरे हाँसो वा वाक् ्र वा वचनबाट यी नदी हिमालयबाट बाहिर निस्केकी हुनाले यिनको नाम वाग्वती रहनेछ । भगवान विष्णु यहाँ मृगेन्द्ररूपले बसेका हुनाले यो क्षेत्र वैष्णव क्षेत्रसमेत हुनेछ । यसभन्दा माथि शिवलिंगमय शुभ स्थान छ, जुन संसारमा शिवपरुीका नामले प्रसिद्ध हुनेछ । वाग्वतीको मुहानमा नुहाएर जसले शिवपुरीको दर्शन गर्दछ, उसका जन्मजन्मान्तरका पाप निःसन्देह नष्ट हुनेछन् । यति भनी महादेव अन्तध्र्यान हुनुभयो । वाग्वती शब्द अपभ्रंश हँदुै हुँदै बाग्मती हुन पग्ुयो । जहाँबाट वाग्वती निस्केकी थिइन् त्यो ठाउँमा रहेको ढुंगेधारालाई आजकल बाघको मुखुण्डो भिराएर राखिएको पाइन्छ, कालान्तरमा सम्भवतः वाग्वती नदीलाई बाघ्मती बनाइनेछ । वाग्द्वारमा हरेक वर्षको वैशाख १ गते मेला लाग्दछ ।

जोजसले पशुकुण्ड (गुह्येश्वरी कण्ड) मा नुहाई मृगस्थली नाघेर गई किरातेश्वर महादेवको पूजा गर्नेछन् ती सबै पापबाट मुक्त हुनेछन् । जो कार्तिक कृष्ण चतुर्दशी (कुकुर तिहार) का दिन मृगस्थलीको परिक्रमा गर्दछन् ती मानिस स्वर्ग जान्छन् । इन्द्र, विष्णु र ब्रह्माका हातमा जुन मेरो सिङको टुव्रmा समाइएको छ, त्यो आपूmले चाहेको स्थानमा लगी शिवलिंगको रूपमा स्थापना गर्नू ।
नोट ः अलि अग्लो स्थानमा रहेको समथर जमिनलाई स्थली वा थली भनिन्छ । मृग घुम्ने यस्तो जग्गालाई मृगस्थली भनिन्छ । पशपुति र गुह्येश्वरीको बीचमा रहेको डाँडामाथि जुन समथर भाग छ मृगस्थली त्यही हो । अहिलेसम्म ठाउँ जति मानिसले ओगटेर भिरलाई बारबारी मृग पाल्दै त्यसैलाई मृगस्थली बनाइएको छ । किरातेश्वर उत्पत्तिको कथा भने स्वस्थानीको कथामा बताइएको कथासँग नै मिल्दोजुल्दो पाइन्छ । अहिलेके गुह्येश्वरीको मूल मन्दिर र यसको पश्चिम–उत्तर भागमा नजिकै रहको गुह्येश्वर रहेको स्थानमा पहिले स–साना कुण्ड थिए होलान् । त्यसैले पनि नेपाल राज्यको इतिहासमा गुह्येश्वर रहेको स्थान नै पशुकुुण्ड हो भनिएको पाइन्छ ।

यसपछि पार्वतीले महादेवसँग भन्नुभयो, ‘हे नाथ ! वाग्मती नदीका किनारमा हजुरका नजिकै म पनि बस्न पाउँ ।’ पार्वतीको कुरा सनुेपछि शिव भन्नुहुन्छ, ‘हे पार्वती ! म तिमीलाई अत्यन्त गोप्य कुरा बताउँदछु ।’ पूर्वजन्ममा तिमी दक्षकी छोरी सती नामले उत्पन्न भएकी थियौ । हे शिवे ! तिमीले त्यसबेला पिताले गरेको (मेरो) अपमानका कारण प्राण त्यागेकी थियौ । हे देवी ! म प्रेमपर्वूक तिम्रो मृतदेह काँधमा बोकी शोक गर्दै पृथ्वी घुमिरहेको थिएँं । मलाई शोकाकुल भइरहेको देखी विष्णुले माया गर्दै सुदर्शन चक्रले तिम्रो मृतदेहलाई ठाउँठाउँमा काटी दिए । यसरी काटिएपछि तिम्रो गुह्य (गुप्त) अंग बाग्मती नदीको किनारमा खसेको थियो । त्यसपछि उत्पन्न भएको मृगस्थलीको उत्तर दिशामा रहेको तिम्रो उक्त श्रेष्ठ पीठ भव्य छ । हे पार्वती ! तिमी मेरो वात्सल्यताका लागि यहाँ बस्न चाहिरहेकी छ्यौ, त्यसैले हे सुन्दरी ! तिम्रो नाम ‘वत्सला’ हुनेछ । हे महेश्वरी ! मेरा आज्ञाले मेरै नजिक आग्नेय दिशा (पूर्व र दक्षिणको बीच) मा सधैँ बस । हे शिवे ! बाग्मतीको जलमा नुहाएर तिम्रो (वत्सलाको) दर्शन गरी जो मानिस मलाई पुज्दछन् ती कैलास जान्छन् । जो मानिस मेरा नजिक वा गुह्येश्वरीका नजिक भक्तिपूर्वक जपध्यान गर्दछन् ती मोक्ष हुन्छन् ।’यसरी देवीले भगवान् शंकरको आशीर्वाद सुनेपछि उनी बाग्मतीको किनारमा ‘वत्सला’ नामले बस्न थालिन् ।

उता विष्णुले त्यो पाशविमोचन गर्ने सिङलाई लगी बाग्मतीको उत्तर दिशामा रहेको केही अग्लो सुन्दर किनारामा (शिवलिंगका रूपमा) स्थापना गर्नुभयो । यो गोकर्णेश्वर शिवलिंगले सबैखाले पाप पखाल्दछ । भदौको (कुशे) औंशीमा गोकर्ण नजिक गई जसले पिण्डदान (श्राद्ध) गर्दछ, उसका पितृहरू तृप्त (मोक्ष) हुन्छन् । गोकर्णेश्वर नजिक जसले भृगुपात गर्दछ उसका सबै मनोरथ सिद्ध हुन्छन्, यसमा शंकैै छैन । ब्रम्हाले पनि आफ्नो हातको सिङ लगेर दक्षिणसार (भारतको समुद्रतटमा रहेको एक पर्वत, जुन केही कालपछि समुद्रमा डुबेको थियो) गोकर्णेश्वर नामको उत्तम शिवलिंगको स्थापना गर्नुभयो । गोकर्णेश्वरभन्दा दक्षिणको दक्षिण–गोकर्ण नामको यो उत्तम तीर्थ तीर्थहरूमा श्रेष्ठ तीर्थ हो । हे उत्तम द्विज ! इन्द्रले पनि आफ्ना हातमा रहेको सिङलाई लगी अमरावती (स्वर्ग) मा सर्वकामफलदा नामक शिवलिंगको स्थापना गरे । बाग्मतीको किनारमा पशुपाशविमोचन लिंग छ । श्लेष्मान्तक वनमा रहेको त्यही शिवलिंग पशुपतिका नामले प्रख्यात भएको छ ।

नोट : भृगुपातको अर्थ कुनै भिर वा पर्वतको चुचुरोबाट हामफाल्नु भन्ने हन्ुछ । गोकर्ण नजिक डरलाग्दा भिरपहरा पनि छन् । यसको अर्को कुनै अर्थ खोज्न सकिएन । भृगुको एउटा अर्थ पञ्चाग्नि ताप्नेजस्ता काम गरी तपस्या गर्नु भन्ने हुन्छ । तर, अन्य प्रसंगहरू हेर्दा यहाँ पहिलो अर्थलाई बुझाउन खोजिएको देखिन्छ । प्रायः सबै शास्त्रमा आत्महत्यालाई अरूको हत्या गर्नु सरहको पाप हो भनी बताइएको हुनाले यस प्रसंगका बारेमा किटेर यसै भनिएको हो भन्न सकिएन ।

जैमिनि भन्नुहुन्छ, ‘श्लेष्मान्तक वनमा पार्वती र शिव रहन बस्न थालेपछि, हे सुव्रत ! सबै देवताहरूले के गरे ? हजुर मलाई बताउनुहोस् । मार्कण्डेय भन्नुहुन्छ, पशुपति त्यहाँ बसेपछि सबै देवताहरू पनि आआफ्ना तीर्थ छाडेर श्लेष्मान्तक वनमा रहन थाले । राढाबाट कालिका देवी श्लेष्मान्तक वनमा आइन् । उनी जयवागीश्वरीका नामले त्यो उत्तम क्षेत्रमा प्रसिद्ध भइन् (छिन्) । जो मानिस यिनका भक्त हुन्छन् ती मोक्ष हुन्छन् । जुन स्त्री यी देवीको पूजा गर्दछन् ती सुन्दर हाँसमाथि चढी पतिसहित यमपुर (मोक्षधाम) जान्छन् ।

नोट : राढा भनेको अहिलेको पूर्वी बंगालमा रहेको प्राचीन राज्य अन्तर्गतको एक सहर हो । यस पुराणको उल्लिखित प्रसंगमा वनकाली नै जयवागीश्वरी हुन् भनिएको छ । तर राजभोगमाला वंशावलीमा अहिले वनकाली रहेको स्थानमा वनकालीलाई खनीखोजी बाहिर लेराएको र त्यहीँ वनगणेशको समेत स्थापना गरेको प्रसंग पाइन्छ । यही वंशावलीले जयवागीश्वरीको मूर्ति मानसरोवरबाट नदी तरी वा तारी आएको वा लेराइएको कुरा उल्लेख गरेको छ । राज वंशावलीमा पनि यही कुरा लेखिएको पाइन्छ ।

त्रिपुराबाट राजराजेश्वरी (पार्वतीको एकरूप) आएकी छिन् । यिनको दर्शन गर्नाले दरिद्र पनि सुखी हुन्छ । पाताललाई छाडेर नागराज वासुकि आए र आफ्ना गणसहित भगवान् पशुपतिका उत्तरतिर गई बसे ।

नोट : अहिले भारतको मध्य प्रदेश समेत समेटिएको चेदी नामक एक प्राचीन देशको एक सहरलाई त्रिपुरा भनिन्थ्यो ।

बुद्ध अवतार लिएका विष्णु सौराष्ट्रबाट आई मणिधातु पर्वतमा जितेन्द्रिय भई तपस्या गर्न लाग्नुभयो । त्यहाँ तपस्या गर्दा पञ्चाग्निको रापले उहाँको शरीरबाट जुन पसिना निस्कियो त्यो त्यहाँ तुरुन्तै मनोहरा नदी बग्न गयो । बुद्धको तपस्याले प्रसंग भएकी पार्वती त्यहाँ वज्रजोगिनी नामले प्रसिद्ध हुन पुगिन् ।

गिरिजाले बुद्धलाई ‘हे सुव्रत ! वरदान माग’ भनिन् । पार्वतीले यति भनेपछि बुद्ध भगवान् भन्न लाग्नुभयो, ‘हे देवी ! यस देशका बासिन्दा सदाचारी होउन् ।’ बुद्धका कुरा सुनी भक्तवत्सला पार्वतीले उहाँलाई भन्नुभयो, ‘यो शिवबाट रचना गरिएको तीर्थ हो । हजुरले तपस्या गर्नुभयो त्यसैले हे बुद्ध ! यो तीर्थमा शैवाचारी एवं बौद्धाचारी मानिस हुनेछन् । यो कुरामा शंका छैन । किनकी बाग्मती र मनोहराको दोभानलाई उत्तम तीर्थस्थल मानिएको छ । हे बुद्ध प्रभू ! हजुर शैवधर्मी भएर शिवलिंग स्थापना गर्नुहोस् । पार्वतीका वचन सुनी दयालु (कारुणिक) बुद्ध भगवानले शंखमूलको दोभानमा भाद्रशक्ुल अष्टमीका दिन कारुणिकेश्वर नामको शिवलिंग स्थापना गर्नुभयो । जो मानिस श्रद्धाभक्तिपूर्वक उनको पूजा गर्दछन् ती स्वर्ग जान्छन् । त्यही स्थानमा पार्वती वज्रजोगिनी रूपले रहेकी छिन् । भक्तजनका हितका लागि उनी त्यो पर्वतमा बस्दछिन् । यसरी नै देवगण पनि पशुपति प्रेमका कारण अनेक ठाउँबाट आई पवित्र श्लेष्मान्तक वनमा रहेबसेका छन् ।

नोट : सौराष्ट्र वर्तमान भारतको गुजरात प्रान्त आसपासको प्राचीन राज्यको नाम हो । मणिधातु पर्वतको नाम मणिचूड पर्वत हो । पुराणमा मनोहरा खोलालाई ‘मणिमती’ र उक्त खोलाको मुहान अर्थात् साँखु, काठमाडौंको बज्रयोगिनी मन्दिर रहेको डाँडोलाई मणिचूड पर्वत भनिएको पाइन्छ । गौतम बुद्धजस्तै त्यसअघि पनि अनेकौं बुद्धहरू थिए । ज्ञान प्राप्त व्यक्तिलाई बुद्ध भनिन्छ । उल्लिखित प्रसंगका बारेमा भने आजकल विवाद हुने गरेको पाइन्छ । क्रमश : …

प्रतिक्रिया