एक महिनामै १ लाख पर्यटक भित्रिए

काठमाडौं । मार्च महिनामा मात्रै ९९ हजार ४ सय २६ पर्यटक नेपाल भ्रमणका आएका छन । सन् २०२३ को मार्च महिनामा कोभिडपछिकै सबैभन्दा बढी पर्यटक आएको महिनाको रुपमा रहेको छ । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई दिएको तथ्यांकअनुसार उक्त पर्यटक नेपाल भ्रमणमा आएका हुन ।

कोभिड अगाडि पर्यटन सिजनको महिनामा सवा लाखसम्म पर्यटक नेपाल आउने गरेका थिए। अहिले मार्चमै एक लाख पर्यटक नेपाल आगमनले नेपालको पर्यटन क्षेत्र सुधारको चरणमा आएको पनि तथ्याकंले देखाएको छ ।

मार्च महिनामा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन । भारतबाट मात्रै २९ हजार ९ सय ११ जना आएका छन । त्यसैगरी दोस्रो बढी अमेरिकाबाट ९ हजार ५ सय ५७, तेस्रोमा बेलायतबाट ६ हजार १ सउय ३३ जना, चौथोमा जर्मनीबाट ४ हजार १ सय १ सय ४९ जना र पाँच बढी आउनेमा श्रीलंकाबाट ३ हजार ८ सय ९८ जना रहेका छन् ।

पर्यटन बोर्डले सार्वजकि गरेको तथ्यांक अनुसार दक्षिण एसियाली राष्ट्र सार्कबाट ३३ हजार ४ सय ५४, एसियाबाट १५ हजार ६ सय ४३, युरोपबाट २३ हजार २ सय ६५, मध्यपूर्वबाट १ हजार ४ सय ६७ र अ‍ेमिरिकी क्षेत्रबाट ११ हजार २ सय ६४ जना पर्यटक नेपाल भ्रमणका आएका छन । बोर्डका अनुसार चीनबाट समेत २ हजार ६ सय ६५ जना पर्यटक नेपाल भ्रमणका आएका छन ।
सन् २०२३ को ३ महिनामै सवा २ लाखभन्दा बढी पर्यटक नेपाल भ्रमणका आएका छन ।

बोर्डका अनुसार जनवरीमा ५४ हजार ७४ र फेब्रुअरीमा ७३ हजार २ सय ५५ पर्यटक नेपाल भ्रमणमा आएका छन । त्यसैगरी मार्चमा ९९ हजार ४ सय २६ जना पर्यटक नेपाल भ्रमणका आएका छन । जनवरीदेखि मार्चसम्म कुल २ लाख २६ हजार ७ सय ५५ जना पर्यटक नेपाल भ्रमणका आएको पनि तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया