एसियन ट्राईयाथलन कपको तयारी पुरा

काठमाडौँ । नेपाल ट्राईयाथलन संघको आयोजनामा शनिबार हुने २०२३ एसियन ट्राईयाथलन कप तथा दक्षिण एसियन च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भएको छ ।

प्रतियोगितालाई स्वच्छतापूर्ण सम्पन्न गर्न सम्पूर्ण प्राविधिक टोली तथा सहभागिता जनाउने खेलाडीहरु पोखरा आईपुगिसकेका छन् । लेकसाईडस्थित प्रतियोगिताको सचिवालय रहेको होटल ग्लोरी गार्डेनमा खेलाडीहरुको दर्ताका साथै प्रतियोगिताका लागि आवश्यक कार्यहरु भएका छन् ।

ट्राईयाथलनका लागि पर्याय बनेको नेपालको रमणिय र पर्यटकिय नगरी पोखरामा दुई विधा ७५० मिटर पौडी, २० कि.मी. साईक्लिङ्ग र ५ कि.मी. दौडको ट्राईयाथलन र ५ कि.मी. दौड, २० कि.मी. साईक्लिङ्ग र २.५ कि.मी. दौडको दुवाथलन हुने छ ।

फेवातालमा आयोजना हुने प्रतियोगितामा पुरुष तर्फ नेपाल सहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाईन, न्युजिल्याण्ड र भारतका गरि ४७ खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् । यस्तै महिला तर्फ जापान, रोमानिया, स्लोभाकिया, उज्वेक्सितान, मरिसस, अलजेरिया, भारत र नेपालका गरि १६ खेलाडीले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् । पहिलो दिन १८ गते ट्राईयाथलन र दोश्रो दिन १९ गते दुवाथलनको प्रतिस्पर्धा हुनेछ ।

४२ सय डलर कुल पुरस्कार रासी रहेको ट्राईयाथलनमा महिला÷पुरुष उपाधी बिजेताले मेडल, प्रमाण पत्रका साथ ६३० डलर प्राप्त गर्नेछन् । यस्तै दोश्रो हुनेले ५२५ डलर, तेश्रो हुनेले ४२० डलर, चौथोले ३१५ डलर र पाँचौ हुनेले २१० डलरका साथ मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया