नेपाल र लाओसबीचको फाइनल खेल हेर्न दशरथ रंगशाला पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र लाओसबीचको फाइनल खेल हेर्न दशरथ रंगशाला पुगेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले थ्री नेसन्स कपको उपाधिका लागि लाओससँग प्रतिस्पर्धा गरिरहेको छ । पहिलो खेलमा नेपालले लाओसलाई २-० ले पराजित गरेको थियो । पहिलो खेलमा लाओसलाई पराजित गर्दा नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरेका थिए ।

दोस्रो खेलमा भने नेपाल भुटानसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । त्यस खेलमा नेपालका लागि दिपकसिंह ठकुरीले बराबरी गोल फर्काएका थिए । लाओसले भने भुटानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

प्रतिक्रिया