यस्ताे छ, रेडियो नेपालकी समाचार वाचिका स्व. कृष्णा ताम्राकारको रेडियाे अनुभव (भिडियाेसहित)

काठमाडाैं । समाचार भन्ने फरक शैली र भिन्न स्वरका कारण समाचार वाचनमा एकछत्र राज गरेकी रेडियो नेपालकी समाचार वाचिका स्व. कृष्णा ताम्राकारले लामाे अनुभव छाेडेर गएकी छन् ।

‘समाचारमा पहिलो प्यारामा सुन्ने मान्छेलाई समाचार आयो भनेर जानकारी दिनुपर्छ । दोस्रो प्यारा भने बिस्तारै पढनुपर्छ । अन्तिम प्यारामा भने अव समाचार सकिनै लाग्यो भन्ने जानकारी आवाजको संकेतबाट दिनुपर्छ ।’ – स्व ताम्राकारकाे अनुभव हाे याे । सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशबाट प्रकाशित ‘उहिलेको पत्रकारिता’ पुस्तक र भिडयाे अंशमा स्व. ताम्राकारले लामाे अनुभव व्यक्त गरेकी छन् ।

रेडियो नेपालकी समाचार वाचिका कृष्णा ताम्राकारकाे बिहीबार राति न्यूरो अस्पतालमा ८६ वर्षकाे उमेरमा निधन भएको हो। निमाेनिया राेगबाट पीडित ताम्राकारकाे उपचारकाे क्रममा निधन भएकाे हाे । उनले २०१८ जेठबाट रेडियो नेपालकाे यात्रा सुरु गरेकी थिइन् । नेपाल एयरलाइन्सको जागिर छाडेर उनले रेडियो यात्रा सुरु गरेकी थिइन् ।

प्रतिक्रिया