मुख्यमन्त्री कार्कीको गाडीमा ढुंगामुढा प्रहार

काठमाडौं । ‘कोशी’ प्रदेशको विरुद्ध आन्दोलनरत पहिचानपक्षधरले मुख्यमन्त्री हिक्मत कार्कीको गाडीमाथि आक्रमण गरेका छन् ।

आन्दोलनकारीले मुख्यमन्त्रीको गाडीमा ढुंगामुढा गर्नुका साथै गाडीबाट झण्डा निकालेका छन् ।

त्यसक्रममा प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ । प्रदेश १ को नाम कोशी कायम भएपछि पहिचानपक्षधर विभिन्न समूहहरु आन्दोलमा उत्रिएका छन् । त्यसक्रममा उनीहरुले आइतबार विराटनगरमा प्रदर्शनसमेत गरेका थिए ।

प्रतिक्रिया