महावै गाउँपालिकाको कुनीमा राष्ट्रपति रनिङ शिल्ड सुरु

कालिकोट । जिल्लाको महावै गाउँपालिकाको कुनीमा राष्ट्रपति रनिङ शिल्ड उद्घाटन गरिएको छ । कालिकोट जिल्लाका ९ वटै स्थानीय तहबाट खेलाडीहरुको रुचिपूर्णक सहभागिता रहेको छ ।

‘स्वास्थ्यका लागि खेलकुद। राष्ट्रका लागि खेलकुद’ भन्ने मुलनाराका साथ बलिदान दिवसको अवसर पारेर आज महावै गाउँपालिका कुनीस्थीत चन्द्रादेवि माध्यमिक विद्यालयमा १३औँ राष्ट्रपति रनिङशिल्ड उद्घाटन गरिएको हो ।

जिल्ला खेलकुद विकास समिति कालिकोटका अध्यक्ष गणेशबहादुर शाहीको अध्यक्षता, प्रतिनिधिसभा सदस्य तथा कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको छ । कार्यक्रममा भौतिक पूर्वाधार तथा उर्जा जलश्रोत मन्त्रालयका मन्त्री मंगल शाही, राज्यमन्त्री उर्मिला विश्वकर्मा र प्रदेशसभा सदस्य दुर्गबहादुर रावतको विशेष आतिथ्य रहेको थियो ।

कालिकोट जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख प्रतिनिधि, खेलाडीहरुको उपस्थितिमा राष्ट्रपति रनिङ शिल्ड उद्घाटन गरिएको हो । महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंह (भिजन) ले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड आफ्नो पालिकामा खेलाउन पाउँदा हर्षित भएको बताए ।

सिंहले खेल शान्तिपूर्ण र निष्पक्ष तरिकाले सम्पन्न गराउन खेलाडीहरुलाई आग्रहसमेत गरे । फागुन १४ देखि १६ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड हुने आयोजक कमिटिले जनाएको छ । उद्घाटन कार्यक्रमको अवसरमा १५ सय मिटर र २ सय मिटरको दौड प्रतियोगिता सम्पन्न भएको छ ।

१५ सय मिटर दौडमा सान्नीत्रवेणी गाउँपालिकाका बिमल बम प्रथम, तिलागुफा नगरपालिकाका सोवन शाही द्वितीयय, खाँडाचक्र नगरपालिकाका बलप्रसाद पाण्डे तृतिय भएका छन् । यस्तै महिलातर्फ खाँडाचक्र नगरपालिकाकी निशा मल्ल प्रथम, महावै गाउँपालिका निवासी सुनमाया सिंह द्वितीय, नरहरीनाथ गाउँपालिका निवासी अस्मिता बुढा तृतिय भएका छन् ।

२ सय मिटर दौडमा पुरुषतर्फ खाँडाचक्र नगरपालिका निवासी सविन गिरी प्रथम, पचालझरना गाउँपािलकाका कुम्मराज शाही द्वितीय, नरहरीनाथ गाउँपालिकाका प्रशान्त विष्ट तृतिय भएका छन् ।

महिलातर्फ तिलागुफा नगरपालिका निवासी अनमोल हमाल प्रथम भएकी छन् भने खाँडाचक्र नगरपालिका निवासी प्रमिला शाही द्वितीय ,शुभकालिका गाउँपालिका निवासी रमिता भट्टराई तृतिय भएको सचिवालय संयोजक नविन हमालले जानकारी दिए । अन्य खेलकुद प्रतियोगिता भने १६ गतेसम्म सञ्चालन हुनेछन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया